नेभिगेसन मेनु

कौसी तरकारी खेती गर्न बिरुवा वितरण
सम्पादक:南亚网络电视
समय:2023-03-19 13:24

zcvnz

गुल्मी, चैत ५ गते । गुल्मीको तम्घासमा कोभिड–१९ को महामारी पछि कौसी खेतीमा आकर्षण बढेको छ । कोभिड–१९ को महामारी पछि आफ्नै घरको छतमा कौसी खेती गरी तरकारी उत्पादन तर्फ स्थानीयहरू आकर्षित देखिएका छन् ।  कौसी खेतीको प्रवर्द्धनका लागि नगरपालिकाले समेत प्रोत्साहन गरेको छ । 

कौसी खेतीमा मौसमअनुसारका तरकारी उत्पादन हुने गरेका छन् । यसका लागि रेसुङ्गा नगरपालिका एक नम्बर वडाले विगतका वर्ष देखि नै बजेटको व्यवस्था समेत गरेको छ । वडाले यस आर्थिक वर्षमा रु ५० हजार तरकारीका बिरुवा उत्पादन तथा वितरणका लागि छुट्टाएको थियो । स्थानीय सक्रिय महिला समूहले सोही बजेट बराबरको लागतमा तरकारीका बिरुवा उत्पादन गरी वितरण गरेका छन् । 

वडा सदस्य निर्मला खत्री र कार्यपालिका सदस्य शोभा नेपाली तथा रेडियो रेसुङ्गाका स्टेसन म्यानेजर खनिता खत्रीको विशेष उपस्थितिमा तरकारीका बिरुवा वितरण गरिएको हो । यस वडाका ६ सय घरधुरीलाई ४ वटा तरकारीका बिरुवाका दरले वितरण गरिएको हो । जसमा तिते करेला, काक्रो, लौका, घिरौँला लगायतका बिरुवा रहेका छन् ।

सक्रिय महिला समूहले भाडामा लिएको जग्गामा नर्सरी स्थापना गरी तरकारीका बिरुवा उत्पादन गरेको थियो । यस समूहमा आबद्ध २१ जना महिला सदस्यहरूले नर्सरीमा बिरुवा उत्पादन गर्नुभएको थियो । तरकारीका बिरुवा उत्पादनका लागि समूहले नर्सरी स्थापना, बिउ खरिद, बाहिरको कुमारी माटोको व्यवस्थापन, मल, बालुवा, प्लास्टिक गुम्बोज, थुङ्गा, बाँस, जार, पानी, औजार खरिद गरेको थियो ।

“कोभिड १९ को महामारी पछि निकै सचेत भएको छौँ ।” समूहकी अध्यक्ष कल्पना पन्थीले भन्नुभयो, “कोभिड १९ को समयमा घरबाहिरको तरकारी प्रयोग गर्न पनि डर लाग्यो । जसका कारण आफ्नै घरको छतमा कौसी खेतीमा लाग्न उत्प्रेरित भयौँ । व्यावसायिक रूपमा उत्पादन नभए पनि घरको आत्मनिर्भरका लागि निकै मद्दत पुर्‍याएको छ ।” आफ्नै घरमा उत्पादन भएका ताजा तरकारी प्रयोग गर्न पनि प्रेरणा मिलेको अध्यक्ष पन्थीले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर