नेभिगेसन मेनु

कोशीको मुख्यमन्त्री कार्यालय र प्रदेश सभाको खरानी अझै उठेन, आफू बस्ने कार्यकक्ष हेर्दै फर्किन्छन् कर्मचारी
सम्पादक:南亚网络电视
समय:2025-09-13 14:02

 

 Screenshot 2025-09-13 at 11.45.25

विराटनगर । असरल्ल बिजुलीका तार । भुइँभरि छरपष्ट झ्यालका सिसा र खरानीका डल्ला । आगोले नपोलिएका काठ तथा अन्य धातुका वस्तु । ‘हरर सिनेमा’को सुटिङस्थल जस्तै छ कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसर ।

खरानी र जलेका प्लाष्टिकका गन्ध, जलाइएका सरकारी गाडीहरूले नै विध्वंस कति भयानक थियो भन्ने देखाउँछ । ‘ओहो ! मेरो कार्यकक्ष । मेरो कुर्सी त यस्तो भएछ,’ त्यही कार्यालयमा कार्यरत एक कर्मचारीले आफ्नो कार्यकक्ष देखाउँदै भने ।

फाट्टफुट्ट पुग्ने कर्मचारीहरू आफ्नो कार्यकक्ष पुग्छन्, हेर्छन् र विरक्त मान्दै फर्किन्छन् ।

मुख्यमन्त्री कार्यालयको पहिलो तला ध्वस्त छ । दोस्रो तलामा रहेको प्रमुख सचिवको कार्यकक्षमा कम क्षति भएको छ भने राज्यमन्त्री सिर्जना राईको कार्यकक्ष पूर्ण रूपमा क्षतिग्रस्त छ । त्यसको तुलनामा तेस्रो तलामा रहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीको कार्यकक्षमा केही टि–टेबलमा राखिएका सिसा फोडिए पनि क्षति छैन, तर अधिकांश कागजपत्र जलेका छन् ।

1-Mukhyamantri Office (1)

अहिलेसम्म मुख्यमन्त्री कार्यालयले सेवा प्रवाह कहिले सुरु गर्ने भन्ने निर्णय गरेको छैन । मुख्यमन्त्री कार्यालयका प्रवक्ता एकदेव अधिकारीले कार्यालयको अनुगमन गरे पनि केही प्रतिक्रिया दिन चाहेनन् । कार्यालयको सरसफाइ र मुचुल्का कहिले उठ्छ, कुनै टुङ्गो छैन ।

4-Mukhyamantri Office (13)

मुख्यमन्त्री कार्यालयको मात्रै होइन, कोशी प्रदेश सभाको हालत पनि उस्तै छ । सभाहलको भवन ध्वस्त भएको छ । सचिवालायको पहिलो तला पूर्ण रूपमा जलेको छ । दोस्रो र तेस्रो तलामा केही सामानहरू सुरक्षित छन् । यस्तै प्रदेशको सामाजिक विकास मन्त्रालयबाहेक सबै मन्त्रालय जलेका छन् । जलेका मन्त्रालयको सरसफाइ र मुचुल्का उठाउने काम कहिले हुन्छ भन्ने कुनै टुङ्गो छैन ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर