नेभिगेसन मेनु

जेनजी आन्दोलनमा जलेको चन्द्रनिगाहपुर प्रहरी कार्यालय स्थानीय सहयोगमा मर्मत हुँदै
सम्पादक:南亚网络电视
समय:2025-09-13 14:06

 

 1000341381_JEy1C0IPom

रौतहट । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालय स्थानीयवासीको सक्रिय सहयोगमा मर्मत सुरु भएको छ।

स्थानीय युवा तथा समाजसेवीहरूले स्वतःस्फूर्त चन्दा सङ्कलन गरी आगलागीबाट जीर्ण बनेको प्रहरी कार्यालय पुनः निर्माण अभियान सुरु गरेका हुन्। चन्द्रनिगापुरमा मात्र शुक्रबार साँझसम्म ६ लाखभन्दा बढी सहयोग सङ्कलन भएको समाजसेवी तेज विक्रम कार्कीले जानकारी दिएका छन्। 

जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी नेत्र मणि गिरीले जनताप्रति आभार व्यक्त गर्दै भने, “नेपाल प्रहरी तपाईँहरूकै लागि हो। तत्काल आवेगमा क्षति भए पनि सज्जन जनताले फेरि उठाउने प्रयास गर्नु सकारात्मक कदम हो।”

यस्तै, हालै आगजनीबाट क्षति पुगेको हर्साहा प्रहरी चौकीलाई पनि स्थानीयको अग्रसरतामा पुनः सञ्चालनमा ल्याइएको छ। इलाका प्रहरी कार्यालय गरुडाले सामाजिक सञ्जालमार्फत “प्रहरी बलियो बनाऔँ, कानुनी शासन सुदृढ गरौँ” भन्ने अपिल गर्दै स्थानीय सहयोगमा पुनःसंरचना कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

गत मंगलबार आन्दोलनका क्रममा चन्द्रनिगापुर प्रहरी कार्यालय, गाडी र सोही दिन हर्साहा प्रहरी चौकीमा तोडफोड तथा आगजनी भएको थियो। प्रहरी अभावमा असुरक्षित महसुस गरेका स्थानीयले आर्थिक सहयोग र सक्रियतामार्फत प्रहरी कार्यालय पुनः सञ्चालनमा ल्याएका हुन्।

यसअघि कटहरियामा समेत सर्वपक्षीय समिति गठन गरी इलाका प्रहरी कार्यालय, सशस्त्र बेस क्याम्प दुधियाभारलाई सहयोग गरिएको र स्थानीय युवाले बजार क्षेत्रमा रात्रि गस्ती सुरु गरेको जनाइएको छ।

रौतहटका सिडिओ विनोद कुमार खड्काले नागरिक–प्रहरी सहकार्यको खुलेर प्रशंसा गर्दै भने, “नागरिक र प्रहरीको सम्बन्ध नङ–मासु जस्तै हुनुपर्छ, पर्दा एक–अर्कालाई सहयोग गर्नुपर्छ।”

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर