सुनसरी । सुनसरीको धरानमा रहेको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला परेको छ।
भाटभटेनीको माथिल्लो तलामा एक जनाको शव फेला परेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले पुष्टि गरेका छन् ।
आज बिहान आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको हो । जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट र आगजनी भएको थियो ।