नेभिगेसन मेनु

सडक निर्माणमा ढिलासुस्ती : १८ महिने सम्झौताको म्याद ४८ महिना थपियो
सम्पादक:南亚网络电视
समय:2023-03-15 13:33

sadak

भैरहवा, चैत १ गते । रुपन्देहीको सिद्धार्थनगर भैरहवाका १९ वटा सडक ६ वर्षदेखि सम्पन्न हुन सकेको छैन । सङ्घीय आयोजना कार्यान्वयन इकाइ भैरहवाअन्तर्गत सघन शहरी विकास कार्यक्रममा सडक विस्तार तथा स्तरोन्नतिका लागि छनोट भएका ती सडक २०७४ असार २९ गते १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

२०७५ साल पुस २८ गते सम्पन्न गर्ने गरी निर्माण कम्पनी पप्पु कोसी एण्ड न्यौपाने शिवशक्ति जेभीले सम्झौता गरेपनि अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती भोग्नु परेको छ । ५५ करोड ७१ लाख रुपियाँ लागत अनुमानमा ठेक्का भएको उक्त सडक ३३ करोड ३१ लाख रुपियाँमा सम्पन्न गर्ने जिम्मा निर्माण कम्पनीले लिएको थियो । १७ प्रतिशत कम मूल्यमा ठेक्का लिएको कम्पनीले अहिलेसम्म ८४ प्रतिशत भौतिक प्रगति गरेको छ भने सोही अनुपातमै करिब ८५ प्रतिशत रकम भुक्तानी लिइसकेको छ ।

कालोपत्रे र ढलाइसहित निर्माण गर्नुपर्ने १२ किलोमिटर ३४ मिटरको सडकमध्ये अहिलेसम्म मेउडिहवादेखि फुलपुरको सडक क्षेत्र साइट क्लियर नभएर रोकिएको छ । नगरभित्रका विभिन्न १० वटा (२३ सय ४८ मिटर) सडक आरसिसी पद्धतिबाट र नौ वटा (करिब १० किलोमिटर) कालोपत्रे गर्नुपर्नेमा आरसिसीमध्येका सडक निर्माण भए पनि पूर्णरुपमा सम्पन्न भएको छैन ।

त्यस्तै, नौ वटा कालोपत्रेमध्ये तीनवटाको सडक पिच भएको, चार वटा सडकमा बेससम्मको काम भएको र मेउडिहवादेखि सिसवाको सडक अधुरो निर्माण भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय भैरहवाले जानकारी दिएको छ ।

निर्माण सम्पन्न गर्न नसकेको भन्दै निर्माण कम्पनीले पाँचपटक म्याद थप समेत गरिसकेको छ । पहिलो पटक बन्द हडताल र निर्माण सामग्रीको अभाव देखाउँदै १५ महिना २०७६ चैत २८ गतेसम्मका लागि म्याद थप गरेको थियो ।

दोस्रो पटक साइट उपलब्धमा ढिलाइ भएको भन्दै नौ महिना २०७७ पुस २४ गतेसम्मको लागि, तेस्रो पटक पहिलो लकडाउनलगायतका कारण देखाउँदै ६ महिना २०७८ असार २४ गतेसम्मको लागि, चौथो पटक दोस्रो लकडाउन भन्दै नौ महिना २०७८ चैत १ गतेसम्मको लागि र पाँचौ पटक निर्माण सामग्रीको मूल्य अभिवृद्धिलगायतका कारण देखाउँदै २०७९ पुस मसान्तसम्म म्याद थप पाए पनि म्याद सकिएको दुई महिना बित्दासम्म निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन ।

पाँच पटक म्याद थप पाइसकेको निर्माण कम्पनीले छैठो पटक म्याद थपका लागि पनि निवेदन दिएको छ । १८ महिनामा सम्पन्न हुनु पर्ने सडक निर्माणको लागि थप ४८ महिना म्याद थप हुँदा पनि सडक पूर्णरुपमा सम्पन्न भएको छैन । चैत मसान्तसम्म तीन महिना म्याद थप मागेको कम्पनीको कारण भने अहिले भुक्तानी नपाएको, कार्यक्रम नभएको जनाएको छ ।

सङ्घीय आयोजना कार्यान्वयन इकाई भैरहवाका प्रमुख विदुर खड्काका अनुसार निर्माण कम्पनीले प्रतिदिन हर्जानासहित ती सडक निर्माण सम्पन्न गर्न २०० दिनसम्मका लागि म्याद थप्न पाउने व्यवस्था छ ।

कार्यालय प्रमुख खड्काले भन्नुभयो, “निर्माण कम्पनीसँग अब योजना सम्पन्न गर्नुको विकल्प नै छैन, निर्माण सम्पन्न गर्नका लागि अबको अन्तिम विकल्प नै शून्य दशमलव शून्य पाँच प्रतिशत हर्जानासहित म्याद थप गर्ने हुन सक्छ ।” 

निर्माण कम्पनी शिवशक्तिका प्रोजेक्ट म्यानेजर लक्ष्मी पाठकले करिब ८७ प्रतिशत काम सम्पन्न गरिसकेको र अबको एक महिनामा काम सम्पन्न गनेगरी निर्माणको काम भइरहेको बताउनुभयो ।

टेण्डर रकम अनुसार भुक्तानी नभई केही समय विवाद भएकाले पनि निर्माण काममा ढिलाई हुँदै आएको र साइट क्लियर नहुँदा पनि केही ढिलाइ भएको उहाँले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर