नेभिगेसन मेनु

बागमती प्रदेशमा एसईईको तयारी अन्तिम चरणमा
सम्पादक:南亚网络电视
समय:2023-03-30 13:38

5e635146f126b_SEE

हेटौँडा, चैत १६ गते । यही शुक्रबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षाको तयारी बागमती प्रदेशमा अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई)का आवश्यक जनशक्ति परिचालनलगायतको काम अन्तिम चरणमा पुगेको हो ।

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय हेटौँडाका सूचना अधिकारी शारदा मैनालीले प्रदेशका १३ वटै जिल्लामा परीक्षाका लागि तयारी अन्तिम चरणमा पुगेको र कतिपय स्थानमा कर्मचारी खटिएर कार्यक्षेत्रमा गइसकेको जानकारी दिनुभयो।

उहाँले निर्धारण गरिएको परीक्षा केन्द्रका लागि आवश्यक प्रश्नपत्र परीक्षा केन्द्र नजिकको प्रहरी चौकीमा पुगिसकेको र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पु¥याउने कार्य भइसकेको बताउनुभयो।

यसैबीच यस प्रदेशबाट ग्रेड वृद्धिसहित नियमिततर्फ सामुदायिक र संस्थागत विद्यालयबाट एसईईमा सहभागी हुने विद्यार्थी गत वर्षभन्दा यस वर्षको परीक्षामा भन्दा झन्डै छ हजार जनाले घटेको हो। 

शिक्षा विकास निर्देशनालयका अनुसार गत वर्ष एसईई परीक्षामा प्रदेशका १३ जिल्लाबाट एक लाख सात हजार ६२५ जना परीक्षार्थी सहभागी भएकामा यस वर्ष एक लाख एक हजार ७३३ जना परीक्षार्थी सहभागी हुँदै छन्। 

यही चैत २९ गतेसम्म हुने एसईईका लागि प्रदेशभर ४३४ परीक्षा केन्द्र कायम भएको छ। यो वर्षको एसईईमा सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ३६ हजार ५७७ जना र सबैभन्दा कम रसुवा जिल्लाबाट ६२८ जना परीक्षार्थी सहभागी हुँदै छन्। निर्देशनालयका अनुसार काठमाडौँ जिल्लामा १२३ र रसुवा जिल्लामा पाँचवटा परीक्षा केन्द्र रहेको छ। 

शिक्षा विकास निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले निर्देशनालयले एईई परीक्षाका लागि परीक्षा केन्द्र सञ्चालन गर्न आवश्यक पूर्वतयारीका काम सम्पन्न भइसकेको जानकारी दिनुभयो। परीक्षा तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। 

दोलखामा १९ परीक्षा केन्द्र 

दोलखा समाचारदाता बाबुराम शर्माका अनुसार यस शैक्षिक सत्रको एसईई सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शङ्करबाबु श्रेष्ठले जानकारी दिनुभएको छ। श्रेष्ठका अनुसार परीक्षाका लागि केन्द्र, केन्द्राध्यक्ष तोक्ने र केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। परीक्षा सञ्चालनका लागि १९ परीक्षा केन्द्र तोकिएका छन्। 

यस पटक जिल्लाबाट एसईई परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयका गरी एक हजार ६४२ छात्रासहित तीन हजार ४० जना विद्यार्थी समावेश हुनेछन्। परीक्षामा सामुदायिक ८७, संस्थागत ११ र खुला एक गरी कुल ९८ वटा विद्यालयबाट एसईईमा सहभागी हुँदै छन्। परीक्षामा दुई जना अपाङ्गता भएका विद्यार्थी छन्। उनीहरूलाई आधा घण्टा समय थप हुनेछ। 

उत्कृष्ट विद्यार्थीलाई पुरस्कार 

मकवानपुर समाचारदाता राममणि दाहालका अनुसार मकवानपुरको कैलाश गाउँपालिका–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा कैलाश गाउँपालिकामै सर्वोत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने एक÷एक जना छात्रछात्रालाई आफूले पाउने एक/एक महिनाको सेवासुविधाबापतको रकम दिने घोषणा गर्नुभएको छ। वडाध्यक्षका पालिकाभित्रका एसईई परीक्षामा सहभागी विद्यार्थीलाई प्रोत्साहित गर्न उक्त पुरस्कार दिने घोषणा गरेको जानकारी दिनुभयो। 

अपाङ्गता भएका तीन जना 

चितवन समाचारदाता शालिग्राम नेपालका अनुसार यस वर्षको एसईईमा चितवनका तीन जना अपाङ्गता भएका विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले अशक्त विद्यार्थीका लागि अपाङ्गतामैत्री कक्षाको व्यवस्था गरिने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “जिल्लामा झुवानी माविलगायतका विद्यालयका अपाङ्गता भएका विद्यार्थी सहभागी हुँदै छन्। ती विद्यार्थीलाई अपाङ्गतामैत्री कक्षाकोठाको तयारी गरिरहेका छौँ।”

उहाँले शान्तिपूर्ण, व्यवस्थित र मर्यादित ढङ्गले परीक्षा सम्पन्न गर्न तयारी भइरहेको बताउँदै ४२ वटा परीक्षा केन्द्र तोकिएको यस जिल्लामा परीक्षाका लागि ६७५ जनशक्ति खटाउने तयारी भइरहेको बताउनुभयो।जिल्लाका २३७ वटा विद्यालयका १० हजार ७५२ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्।

रामेछापका ९६ विद्यालय सहभागी 

रामेछाप समाचारदाता नवराज श्रेष्ठका अनुसार यस वर्षको एसईईमा जिल्लाका ९६ वटा माध्यमिक विद्यालयका तीन हजार २३१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्। एसईई परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय एकाइ रामेछापका प्रमुख भरत भट्टराईले बताउनुभयो। 

“एसईई सञ्चालनका लागि जिल्लामा २२ वटा परीक्षा केन्द्र तोकिएको छ,” उहाँले भन्नुभयो, “यस वर्ष सबैभन्दा बढी मन्थली नगरपालिकाका २२ वटा माविबाट ८०६, सबैभन्दा कम सुनापति गाउँपालिकाका १२ वटा माविबाट २७० जना र उमाकुण्ड गाउँपालिकाका सातवटा माविबाट २७० जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन्।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर