नेभिगेसन मेनु

फोहोर बोक्ने गाडीलाई आजबाट टाइम कार्ड
सम्पादक:南亚网络电视
समय:2023-03-25 14:11

बमाद

काठमाडौँ, चैत ११ गते ।  मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखर पौवा चल्ने फोहोर बोक्ने गाडीलाई आजबाट ( शनिबार) टाइम कार्ड लागू गरेको छ ।  ट्राफिक प्रहरीले सहज र सुरक्षित यात्रा तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्ड लागु गरेको जनाएको हो । 

दुर्घटनाको जोखिम हुने गरी तीव्र गतिमा सवारी साधन चलाउने गरेको र असुरक्षित महसुस भएको गुनासो स्थानीयबाट आएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाको संयुक्त पहलमा उक्त सडक खण्डमा फोहोर बोक्ने गाडीका लागि आजबाट टाइम कार्ड लागू गरेको प्रहरीले विज्ञप्ति मार्फत जानकारी गराएको छ । 

मुड्खु नाकामा चालकलाई टाइम कार्ड दिइने छ र पालना भए नभएको जाँच तिनपिप्ले र ओखर पौवा चेकपोस्टमा हुने जनाएको छ । मुड्खुदेखि तीन पिप्लेसम्मको सडक खण्डमा प्रतिघण्टा ३० किलोमिटर र तीन पिप्लेदेखि ओखर पौवा चेकपोस्टसम्मको सडक खण्डमा प्रतिघण्टा २० किलोमिटर गति निर्धारण गरिएको छ।

मुड्खुदेखि तीन पिप्लेसम्मको ५ किलोमिटर सडकखण्ड पार गर्न न्यूनतम १० मिनेट र तीनपिप्लेदेखि ओखर पौवासम्मको ८ किलोमिटर सडक खण्डमा न्यूनतम २५ मिनेट समय निर्धारण गरिएको छ ।

तोकिएको स्थानमा निर्धारित समयभन्दा छिटो पुगेमा कारबाही गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनु भयो । टाइम कार्डले आवागमन व्यवस्थापनको साथमा गन्तव्य स्थानमा छिटो पुग्नका लागि तीव्र गतिमा सवारी साधन चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्नेछ ।

सहज र सुरक्षित यात्राको लागि टाइम कार्डका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न चालकलाई प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध समेत गर्नु भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर