नेभिगेसन मेनु

स्ववियु निर्वाचन : कुन–कुन क्याम्पसमा निर्विरोध छानियो नेतृत्व ?
सम्पादक:南亚网络电视
समय:2023-03-16 11:01

student-election2023-03-16-07-40-18 (1)

त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त केही क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअघि नै स्ववियु गठन भएको छ । फरक संगठनको सहमतिमा सभापतिदेखि सदस्यसम्मका पदमा भागबन्डा गरी निर्विरोध नेतृत्व चयन गरिएको हो । 

पछिल्लो प्राप्त विवरणअनुसार निर्विरोध सभापतिमा विजय हुनेमा एमालेनिकट अनेरास्ववियु र माओवादीनिकट अखिल क्रान्तिकारीको संख्या उस्तै छ । नेविसंघ भने तेस्रो स्थानमा छ ।

अनेरास्ववियुका महासचिव नरेश रोकायले २९ वटा क्याम्पसमा अनेरास्ववियुका सभापति निर्विरोध निर्वाचित भएको जानकारी दिए । अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले ३२ वटा क्याम्पसमा सर्वसम्मत नेतृत्व पाएको बताए । नेविसंघका मुख्यसचिव विजय खड्काले १९ वटा क्याम्पसमा नेविसंघका सभापति सर्वसम्मत चयन भएको जानकारी दिए । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख प्रा.डा. पशुपति अधिकारीले यसपटक त्रिविका दुईवटा आंगिकसहित सम्बन्धनप्राप्त क्याम्पसमा ठूलो संख्यामा स्ववियु निर्विरोध नेतृत्व चयन भएको बताए । ‘फरक संगठनबाट सर्वसम्मत रूपमा धेरै क्याम्पसमा नेतृत्व चयन भएको छ, यो धेरै सकारात्मक पक्ष हो,’ उनले भने ।

त्रिविको आंगिक धनकुटा बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियुका सन्तोष बुढाथोकीको नेतृत्वमा सर्वसम्मत स्ववियु चयन भएको छ । गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीका विष्णु पाण्डे सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । 

५ चैतमा मतदान हुँदै

त्रिविको कार्यतालिकाअनुसार निर्विरोध निर्वाचित नभएका क्याम्पसमा आगामी ५ चैतमा मतदान हुँदै छ । उपत्यका र बाहिरका केही आंगिक क्याम्पसमा विवादका कारण चुनावी प्रक्रिया अघि बढ्न सकेको छैन । १९ फागुनबाट चुनावी प्रक्रिया सुरु भएको थियो । उम्मेदवारले २ चैत राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । त्यसपछि मौन अवधि सुरु हुनेछ । २८ वर्ष नकटेका विद्यार्थीले मात्र स्ववियुमा भाग लिन पाउनेछन् । 

स्ववियु कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ, तर कुनै कारणवश निर्धारित मितिमा निर्वाचन हुन नसकेमा ६–६ महिनामा त्रिवि कार्यकारी परिषद्ले समय थप गर्न सक्नेछ । कार्यसमितिको संख्या विद्यार्थीको संख्याअनुसार फरक छ । दुई सयजनासम्म विद्यार्थी हुने क्याम्पसमा ११ सदस्यीय, दुई सय एकदेखि हजारसम्म १५ सदस्यीय, एक हजार एकदेखि तीन हजारसम्म १९ सदस्यीय र तीन हजारभन्दा माथि विद्यार्थी भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ । 

करिब १४ वर्षपछि सबै क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो । ०७३ मा केही क्याम्पसमा चुनाव भए पनि ती क्याम्पसमा तेस्रोपटक चुनाव हुनुपर्ने समय गुज्रिसक्दासमेत स्ववियु चुनावबारे अन्योल छ । विद्यार्थीको आधिकारिक संगठन स्ववियुको प्रतिनिधित्व नहुँदा दलनिकटका संगठन र त्यसभित्रका विभिन्न पक्षका विद्यार्थी नेतालाई मनाउनुपर्ने भएपछि क्याम्पस प्रशासनलाई समेत कठिनाइ भएको छ । पछिल्लोपटक ०६५ मा प्रायः सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा समेत स्ववियु चुनाव भएको थियो । चुनावको घोषणा धेरैपटक भए पनि ०७३ मा केही क्याम्पसमा मात्र चुनाव भएको थियो । ठूला क्याम्पसमा स्ववियु चुनाव भएन । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार ०७३ मा उपत्यकाभित्रका नौवटा आंगिक क्याम्पसमा मात्र स्ववियु चुनाव सम्पन्न भएको थियो । त्यतिवेला उपत्यकाका १३ र उपत्यकाबाहिरका २३ आंगिक क्याम्पसमा स्ववियु चुनाव हुन सकेन । 

नेविसंघबाट सभापतिमा निर्विरोध 

जितपुर कलेज, धनकुटा, निरुता खड्का  सिन्धुली बहुमुखी क्याम्पस, कृष्ण लामिछाने ठोकर्पा सामुदायिक क्याम्पस, सरस्वती जिसी त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, सविन रेग्मी  गुर्भाकोट बहुमुखी क्याम्पस, सुर्खेत, गोपाल खड्का  पाँचथर बहुमुखी क्याम्पस, मुना नेपाली  प्युठान बहुमुखी क्याम्पस, हिमाल केसी  मालुंगा बहुमुखी क्याम्पस, स्याङ्जा, सञ्जीवनी न्यौपाने  सिन्धुभ्याली सामुदायिक क्याम्पस, सुरज चौलागाईं त्रिपुरेश्वर क्याम्पस, सिन्धुली, भक्तबहादुर तामाङ  मानसरोवर बहुमुखी क्याम्पस, हुम्ला, नरेन्द्र भण्डारी  नन्दादेवी बहुमुखी क्याम्पस, कालिकोट, जुनिता विष्ट  महालक्ष्मी क्याम्पस, ललितपुर, रणबहादुर बोहरा कालिका संस्कृत विद्यापीठ, गैँडाकोट, नारायणप्रसाद बस्याल अम्बिकेश्वरी क्याम्पस, घोराही दाङ, रनबहादुर खड्का लाम्पानटार बहुमुखी क्याम्पस, सिन्धुली, रामप्रसाद गौतम दानेश्वर बहुमुखी क्याम्पस, कञ्चनपुर, विमला जोशी सोताङ पब्लिक क्याम्पस, प्रमोद राई त्रिवेणी आदर्श बहुमुखी क्याम्पस, करिना भण्डारी

अनेरास्ववियुबाट सभापतिमा निर्विरोध

धनकुटा बहुमुखी क्याम्पस, सन्तोष बुढाथोकी सुनकोसी बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक, हिरा थामी ह्यात्रुङ झरना क्याम्पस, तेह्रथुम, प्रकाश गौतम कोटदेवल क्याम्पस, दैलेख, सीता कार्की गरुवा बहुमुखी क्याम्पस, इलाम, गोपाल आचार्य एकतप्पा बहुमुखी क्याम्पस, इलाम, प्रतीक्षा खनाल स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान, टेकराज केसी गरामनी दुर्गा क्याम्पस, झापा, सन्तोष तिम्सिना मानका टीकाराम बहुमुखी क्याम्पस, गुल्मी, आकाश खरेल तीनपाटन बहुमुखी क्याम्पस, सिन्धुली, प्रेमबहादुर पुलामी सरस्वती क्याम्पस, सिन्धुली, देवराज गौतम भीमज्योति क्याम्पस, सिन्धुली, लक्ष्मी श्रेष्ठ गौमती बहुमुखी क्याम्पस, सिन्धुली, प्रज्वल तिमल्सिना  पिण्डेश्वर विद्यापीठ, सुनसरी, एनिस रेग्मी  माण्डव्य बहुमुखी क्याम्पस, पाल्पा, सरोज अधिकारी  जाल्पादेवी क्याम्पस पाख्रीवास, धनकुटा, निर्मला कार्की  सल्यान बहुमुखी क्याम्पस, सल्यान, राजेश ओली हिले क्याम्पस, धनकुटा, विशाल तामाङ  थर्पु क्याम्पस, पाँचथर, योम्बाहाङ योङहाङ  यासोक क्याम्पस, पाँचथर, मनोज थापा  हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत, सिर्जना रसाइली  सत्यवती बहुमुखी क्याम्पस, गुल्मी, अस्मिता भण्डारी  रिडी बहुमुखी क्याम्पस, गुल्मी, गंगा कुँवर  साकेला बहुमुखी क्याम्पस, खोटाङ, यमकुमार खड्का मादी बहुमुखी क्याम्पस, संखुवासभा, गोपाल प्रसाईं  संखुवासभा बहुमुखी क्याम्पस, आमोद कार्की  बुधुक क्याम्पस मौनाबुधुक, धनकुटा, युदिन चेम्जोङ दाङ भ्याली कलेज, घोराही दाङ, प्रवीण पुन  सिद्धजनता बहुमुखी क्याम्पस, दाङ, आरती चलाउने

अखिल (क्रान्तिकारी) बाट सभापतिमा निर्विरोध 

सिन्जा बहुमुखी क्याम्पस, जुम्ला, सन्तोष आचार्य  स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम, किरण विश्वकर्मा सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम, वीरभान भण्डारी  शीतल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम, नीराजन केसी चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु, मनसुर कार्की  बन्गाड क्याम्पस, सल्यान, अजय विष्ट फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान, वरुण न्यौपाने  लिकु संयुक्त क्याम्पस, डोल्पा, रनचन्द्र शाही जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जागेश्वर थापा गुराँस बहुमुखी क्याम्पस, बर्दिया, सन्जोग श्रेष्ठ  चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी, प्रभा पौडेल मरिण बहुमुखी क्याम्पस, सिन्धुली, विज्ञान दोर्जे बल सुनकोसी क्याम्पस, सिन्धुली, विनिता न्यौपाने सिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली, गोविन्द पहाडी गोरखा क्याम्पस, गोरखा, विष्णु पाण्डे कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक, लक्ष्मण घिसिङ  चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक, अमृत श्रेष्ठ  नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ, सीता तिमल्सिना  पालुङ बहुमुखी क्याम्पस, पुष्कल श्रेष्ठ रवि क्याम्पस, पाँचथर, चन्द्रहाङ लावती सहयोगी बहुमुखी क्याम्पस, काठमाडौं, प्रदीप श्रेष्ठ जनकल्याण बहुमुखी क्याम्पस, सल्यान, एकराज ओली पद्मोदय क्याम्पस, दाङ, विष्णु गोराथोकी  झिमरुक बहुमुखी क्याम्पस, प्युठान, नरेश पुनमगर सिस्ने शिक्षा क्याम्प, रुकुम पूर्व, जयमान बुढा मगर जनज्योति बहुमुखी क्याम्पस, गुल्मी, जीवन पौडेल बिपी कोइराला संस्कृत क्याम्पस, सोलुखुम्बु, मोहन बस्नेत     कुमारी नमुना बहुमुखी क्याम्पस, नुवाकोट, सिर्जना न्यौपाने  भाषा क्याम्पस, धनकुटा, सरोज थापा  बौद्ध बहुमुखी क्याम्पस, काठमाडौं, जीवन तिरुवा  मार्क इन्टरनेसनल क्याम्पस, दाङ, समीरजंग मल्ल  सिम्रुतु क्याम्पस, रुकुम, निर्मला बुढाथोकी

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर