नेभिगेसन मेनु

‘हिन्डेनबर्ग’ को अर्को खुलासा : ट्वीटरका संस्थापक ज्याक डोर्सीमाथि छलीको आरोप
सम्पादक:南亚网络电视
समय:2023-03-24 12:15

thumb

काठमाडौँ — भारतका अर्बपति धनाढ्य गौतम अडानीलाई 'इतिहासकै ठूलो वित्तीय ठगीमा संलग्न भएको' भन्दै ४१३ पृष्‍ठ लामो प्रतिवेदन सर्वजनिक गरेको केही सातामै अमेरिकी सर्टसेलर कम्पनी हिन्डेनबर्ग रिसर्चले नयाँ खुलासा गरेको छ । पछिल्लो खुलासामा ट्विटरका संस्थापक तथा पूर्वप्रमुख ज्याक डोर्सीको कम्पनी ब्लकलाई १ अर्ब डलर ठगी गरेको र लगानीकर्ताहरूलाई नियतबस झुक्याएको आरोप लगाइएको छ ।

सिलिकन भ्यालीका चर्चित अनुहार र टेक अर्बपति डोर्सीको कम्पनी ब्लक (पहिलेको नाम स्क्वायर) को पछिल्लो कूल बजार मूल्य ४४ अर्ब डलर छ र हिन्डेनबर्गले सो संस्थालाई लगानीकर्ताहरूलाई प्रभावित गर्न नक्कली प्रयोगकर्ता बनाएको र वित्तीय अपराधीहरूलाई सघाएको पनि आरोप लगाएको छ ।

ब्लकले सो आरोपलाई अस्वीकार गरे पनि उसको सेयर मूल्यमा १५ प्रतिशतको भारी गिरावट आइसकेको छ । स्क्वायरको नाममा स्थापना हुँदा यो कम्पनीले बैंकिङ क्षेत्रमा पहुँच नभएका वा कम पहुँच भएकालाई सघाउने गरी 'समस्यारहित' र 'जादुमय' वित्तीय प्लाटफर्म विकास गरेको दाबी गरेको थियो । हिन्डेनबर्गले आफ्नो प्रतिवेदनमा ब्लकको सफलता 'जादुमय वा परिवर्तनकारी प्रविधि नभई नक्कली प्रयोगकर्ताको संख्या बढाएर लगानीकर्तालाई झुक्याउने, मिटरब्याजमा ऋण दिने, नियमन छल्ने र सरकार तथा ग्राहकलाई ठग्नेमा आधारित रहेको' निष्कर्ष दिएको छ ।

ब्लकका पूर्वकर्मचारीलगायतसँगको अन्तरर्वार्ता र रिसर्चका आधारमा कम्पनीका ४० देखि ७५ प्रतिशत प्रयोगकर्ताहरू नक्कली, ठगीमा संलग्न वा एकै व्यक्तिका अनेकौं प्रोफाइल भएको भन्दै हिन्डेनबर्गले लगानीकर्ता झुक्याउन नक्कली प्रयोगकर्ताको संख्यामा अत्यधिक वृद्धि गरेको आरोप लगाएको छ । सँगसँगै प्रतिवेदनमा कम्पनीको क्यास एप‚ कालो धन, मानव बेचबिखनलगायत कयौं हत्याका घटना गराउने आपराधिक समूहका लागि सजिलो माध्यम बनेको पनि उल्लेख गरिएको छ ।

आफ्नो रिसर्चका क्रममा प्रमुख ज्याक डोर्सीकै नाममा कयौं नक्कली खाताहरू बनाएर ग्राहक झुक्याउने काम भइरहेको भन्दै हिन्डेनबर्गले आफूले सजिलै ज्याक डोर्सी, डोनाल्ड ट्रम्प, इलन मस्कको नाममा नक्कली खाता बनाउन र बिनाअवरोध कारोबार गर्नसमेत सकेको उदाहरण दिएको छ । सन् २०१९ मा आफ्नो अत्यन्तै सफल वर्षको दौरान ब्लकले झन्डै डेढ अर्ब डलर खुद नाफा गरेको थियो भने लगभग ५० करोड डलर यसको क्यास एपबाट मात्रै प्राप्त भएको थियो ।

सन् २००९ मा डोर्सीले स्थापना गरेको यो कम्पनीले भने 'तथ्यगत रूपमै गलत र भ्रामक प्रतिवेदनविरूद्ध कानुनी उपचार खोज्ने' प्रतिक्रिया दिएको छ । 'हामी उच्चस्तरीय नियमन भएको एक सार्वजनिक कम्पनी हौं र हाम्रा उत्पादन, रिपोर्टहरू, अनुपालन कार्यक्रम तथा नियन्त्रणलगायत सम्पूर्ण पक्षमा हामीलाई पूर्ण विश्वास छ,' कम्पनीले भनेको छ, 'एक सर्ट सेलरको चालबाट हामी विचलित हुँदैनौं ।'

भारतीय अर्बपति गौतम अडानीको 'अडानी समूह' का विभिन्न कम्पनीमा भएको अनियमितता सार्वजनिक गरेर चर्चित बनेको हिन्डेनबर्गको प्रतिवेदन आउँदा झन्डै १२१ अर्ब सम्पत्तिसहित संसारकै धनाढ्यको सूचीमा तेस्रो स्थानमा रहेका अडानीले त्यसयता १०० अर्बभन्दा बढी अमेरिकी डलरको नोक्सानी बेहोरिसकेका छन् । हिन्डेनबर्गको प्रतिवेदनअघि लगभग २३६ अर्ब डलर आकलन गरिएको उनको समूहको कूल बजार मूल्य एक महिनामै घटेर १२७ अर्ब डलरमा आइपुगेको छ । विश्वका धनाढ्यको सूचीमा अडानी अहिले २५ औं नम्बरमा झरेका छन् ।

अडानी विश्वका १० धनी व्यक्तिको सूचीबाट बाहिर

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर