नेभिगेसन मेनु

सी चिन फिङ्ग चीनको राष्ट्रपतिमा पुनः निर्वाचित
सम्पादक:南亚网络电视
समय:2023-03-10 12:45

fee67403cd2743608a12e083f4a27c8c

चीनकाे राष्ट्रपतिमा सी चिन फिंग पुनः निर्वाचित भएका छन् । राजधानी बेजिङ्गमा जारी १४ औँ चिनियाँ राष्ट्रिय जनकांग्रेसले शुक्रबार राष्ट्रपति सीलाई आगामी पाँच वर्षका सर्वसम्मतरूपमा चुनेकाे हाे ।

राष्ट्रपति सी केन्द्रीय सैन्य आयाेगकाे अध्यक्षमा पनि निर्वाचित भएका छन् । निर्वाचित भएसँग राष्ट्रपति सीले जनवृहत् सभा भवनमा आयाेजित कार्यक्रममा संविधानप्रति निष्ठाकाे सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले राष्ट्रपति सीलाई तेस्रो पटक महासचिवमा चुनेसँगै उनकाे पुनः राष्ट्रपति हुने बाटो खुलेको थियो ।

जारी काँग्रेसले उपराष्ट्रपति  र १४ औँ राष्ट्रिय जनकाँग्रेसका अध्यक्ष (सभामुख) , उपाध्यक्ष (उपसभामुख) र महासचिवकाे समेत चयन गर्दैछ ।

यसपालीकाे काँग्रेसमा चीनकाे राज्य परिषद्का अंगहरूकाे नेतृत्व चयन मतदानकाे प्रक्रियाबाट गरिएकाे हाे ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर