नेभिगेसन मेनु

मानसिक अस्पताल पाटनमा बिरामीको चाप : दैनिक १५० बिरामी आउँछन्, बेड ५० मात्रै
सम्पादक:南亚网络电视
समय:2023-02-16 12:59

patan-hospital2023-02-16-06-00-47

देशका दूरदराजबाट समेत मानसिक अस्पताल पाटनमा आउने बिरामी बेड अभावमा उपचार नै नपाएर फर्किनुपर्ने अवस्था छ । दैनिक ५० जटिल केससहित एक सय ५० बिरामी आउने अस्पतालमा ५० मात्रै बेड क्षमता भएकाले बिरामी फिर्ता हुनुपरेको हो ।

पाटन मानसिक अस्पतालमा तीन इमर्जेन्सी र ४७ अन्तरंग सेवाका बेड छन् । अन्तरंगमा लामो समयसम्म राख्नुपर्ने बिरामीलाई भर्ना गरिन्छ । जसकारण बिरामीको चाप व्यवस्थापन गर्न नसकिएको अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ वासुदेव कार्कीले बताए । 

‘दैनिक एक सय ५० नयाँ बिरामी आउँछन् । जसमध्ये अधिकांश भर्ना हुन आउँछन् । कम्तीमा ५० जना भर्ना नै गरेर उपचार गर्नुपर्ने किसिमका हुन्छन् । तर, बेड अभावका कारण उनीहरूलाई फर्काउनुपरेको छ,’ उनले भने, ‘मानसिक रोगसम्बन्धी बिरामीको संख्या पहिलेभन्दा बढेको छ । यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।’ कोभिडपछि मानसिक रोगसम्बन्धी बिरामीको संख्या बढेको उनको भनाइ छ । 

डा. कार्कीका अनुसार मानसिक अस्पताल पाटनमा हाल १० जना मानसिक रोग विशेषज्ञसहित ८५ कर्मचारी छन् । बिरामीको चापअनुसार जनशक्ति पुग्दो नै भए पनि बेड अभावकै कारण फर्काउनुपरेको उनले बताए । 

‘परिवारले सम्हाल्न नसकेका र गम्भीर अवस्थामा पुगेका मानसिक रोगीलाई अस्पतालबाहिरै राखेर पनि उपचार गरिएको छ । बेड खाली भएपछि भित्र सार्ने गरिएको छ,’ उनले भने, ‘अस्पतालको पूर्वाधार बढाउने हो भने उपचार सेवा पनि बढाउन सकिन्छ । अन्य ठूला अस्पतालमा पनि मानसिक उपचारसम्बन्धी छुट्टै युनिट छन्, तर पाटन अस्पतालमा विशेषज्ञ सेवा भएका कारण बिरामीको चाप बढी हुन्छ ।’ 

अधिकांश बिरामी उपत्यकाबाहिरका

मानसिक अस्पताल पाटनमा उपचारका लागि आउने अधिकांश उपत्यकाबाहिरका हुन्छन् । चिकित्सकहरूका अनुसार २० प्रतिशत मात्रै उपत्यकाभित्रका हुन्छन् । बेरोजगार, लागुऔषध सेवन, वैदेशिक रोजगार, पारिवारिक विचलन, झगडाका कारण मानसिक बिरामीको संख्या पहिलेभन्दा केही बढेको डा. कार्कीले बताए । उनका अनुसार सामाजिक सञ्जालको दुरुपयोगका कारण पनि कतिपय टिनएजरहरू मानसिक रोगको चपेटामा परेका छन् । 

बिरामीको संख्या कम गर्न सबै जिल्लामा सामुदायिक मासिक स्वास्थ्य कार्यक्रम

मानसिक अस्पताल पाटनले मानसिक रोगका बिरामीको संख्या कम गर्न ७७ वटै जिल्लामा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम अघि बढाएको छ । स्थानीय तह, सरकारी स्वास्थ्य चौकी, अस्पताललगायतमार्फत ७७ वटै जिल्लामा पु¥याइएको हो । मानसिक रोगसम्बन्धी शंका लागे नजिकको अस्पतालमा लैजाँदा उपचार सम्भव हुने वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कार्कीको भनाइ छ । उनले मानसिक अस्पतालहरूमा आउने बिरामीको संख्या कम गर्न तल्लो तहसम्म यसको उपचार तथा परामर्श सुरु गरिएको जानकारी दिए । उनका अनुसार जटिल भएका बिरामीलाई भने पाटन अस्पतालमै उपचारका लागि ल्याइन्छ । बेडसंख्या सीमित भएकाले अन्य अस्पतालको मानसिक वार्डमा समेत बिरामी रेफर गर्ने गरिएको उनले बताए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर