नेभिगेसन मेनु

नारायणगढ–मुग्लिङ सडक खण्ड अझै १५ दिन अवरुद्ध हुने
सम्पादक:南亚网络电视
समय:2023-02-16 13:32

agag

भित्तो काट्न १५ दिन समय थप गर्ने निर्णय

चितवन, फागुन ४ गते । निर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न गर्न नसकिएपछि नारायणगढ–मुग्लिङ सडक खण्डमा पुनः १५ दिन दैनिक चार घण्टा यातायात बन्द गरी काम गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बुधवार बसेको सरोकारवालाको बैठकले थप १५ दिनका लागि सडक बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । पुस ५ गते देखि दैनिक चार घण्टा सडक बन्द गरी काम गर्दासमेत काम पूरा हुन नसकेपछि विस्फोटक पदार्थ प्रयोगको विकल्पसहित फागुन ७ गतेबाट लागु  हुने गरी मध्यान्ह १२ बजे देखि अपराह्न ४ बजेसम्म थप १५ दिन दैनिक चार घण्टा यातायात पूर्णतया बन्द गरी काम गर्ने निर्णय गरिएको हो । 

गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । पछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० बन्द गरिएको थियो । थप गरिएको समय फागुन ६ गते सकिँदैछ । 

१५ दिन बन्द गरी काम गर्ने विषयमा निर्णयसँगै भित्तो काट्ने काम कठिन भएपछि उक्त बैठकले विस्फोटक पदार्थको अनुमतिका लागि मन्त्रालयमा सिफारिस गरेको छ ।

नारायणगढ–मुग्लिङ सडक आयोजना प्रमुख इन्जिनियर किरण कार्कीका अनुसार तुइन र चिसेन्जी खोलामा निर्माणाधीन पुलको लागि भित्तो काट्ने काम कठिन भएपछि उक्त क्षेत्रमा विस्फोटक पदार्थ प्रयोगको लागि निर्माण कम्पनीले माग गरेको थियो । उहाँका अनुसार तुइन र चिसेन्जी दुबै खोलाको नारायणगढतर्फको क्षेत्रमा कडा चट्टानका कारण काम कठिन भएको छ । 

नारायणगढ–मुग्लिङ सडक खण्डमा पछिल्लो समय निर्माणाधीन तुइन, चिसेन्जी, काली र सिमल ताल खोलाका पुलका लागि भित्तो काट्ने प्रयोजनमा बितेको दुई महिना उक्त सडक खण्ड दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिँदै आएको थियो । चारमध्ये तुइन र चिसेन्जी दुई खोलामा निर्माण गरिने पुलको लागि भित्तो काट्न सकिएको छैन । ती दुई खोलामा निर्माण गरिने पुलको लागि भित्तो काट्ने काम कडा चट्टानका कारण ३० देखि ३५ प्रतिशत अझै बाँकी छ । इन्जिनियर कार्कीका अनुसार माथिल्लो भागमा काट्ने काम सकिएको छ तल्लो तहमा कडा चट्टानको कारण मेसिनले काम गरे पनि परिणाम दिन सकिएको छैन । 

नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि अनक कन्ट्रक्सनले एक अर्ब २५ करोड रुपियाँमा सम्झौता गरेको थियो । १५ पुलमध्ये नौ वटा निर्माण सम्पन्न भइसकेका छन् । जुगेडी, रिग्दीखोला, काली खोला, तुइन खोला र चिसेन्जी खोलामा निर्माण काम जारी छ । २०७६ चैत ११ गते गरिएको उक्त सम्झौतामा २०७९ पुस ५ गते कार्य सम्पन्न गरिसक्नुपर्ने थियो । समयमा काम सम्पन्न नभएपछि २०८० पुस ९ गतेसम्म म्याद थप गरी सकिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर