नेभिगेसन मेनु

बालुवाटारभित्रै निवास खोजेका सभामुख महिना दिनदेखि आफन्तको घरमा
सम्पादक:南亚网络电视
समय:2023-02-28 13:13

speaker-bhawan2023-02-28-06-04-12

तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा खलबलिएको प्रतिनिधिसभा सभामुख र उपसभामुख तथा राष्ट्रिय सभा उपाध्यक्षको सरकारी निवासको व्यवस्थापन अझै सहज हुन सकेको छैन । सभामुखको बालुवाटारस्थित सरकारी निवासमा हाल राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना बसिरहेको, तर सभामुख देवराज घिमिरेले बालुवाटारमै निवास खोजेपछि व्यवस्थापन जटिल बनेको हो । 

अघिल्ला सभामुख अग्नि सापकोटा बसेको लैनचौरस्थित निवासमा जान अस्वीकार गरेका घिमिरे हाल आफन्तको घरमा बसिरहेका छन् । उनी सभामुख बनेको महिना दिन कटिसकेको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना सभामुखको सरकारी निवास सरेका थिए । तिमिल्सिना बसेको निवास भने तत्कालीन प्रधानमन्त्री ओलीले प्रयोग गरेपछि बालुवाटारमा ठाउँ अभावले महरापछिका सभामुख अग्नि सापकोटा लैनचौरस्थित सरकारी निवास सरेका थिए । सभामुखको निवासमा राष्ट्रिय सभा अध्यक्ष बसेपछि अध्यक्षको निवास रहेको भवन हाल मन्त्रिपरिषद् बैठक बस्ने हलका रूपमा प्रयोग भइरहेको छ ।  सरकारले १५ दिनभित्र व्यवस्थापन गर्ने भने पनि महिना दिन बित्दासमेत निवास व्यवस्थापनमा आलटाल गरिरहेको गुनासो सभामुखको सचिवालयको छ । तर, सहरी विकास मन्त्रालयले भने सभामुख, उपसभामुख र उपाध्यक्षको निवास व्यवस्थापनका लागि आवश्यक गृहकार्य भइरहेको जनाएको छ । 

विगतमा प्रतिनिधिसभा उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको सरकारी निवास मन्त्री क्वार्टर पुल्चोकमै थियो । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फे र तत्कालीन उपाध्यक्ष शशिकला दाहाललाई पुल्चोकमै निवास व्यवस्थापन गरिएको थियो । तुम्बाहाङ्फेपछि दुई महिनाका लागि उपसभामुख भएकी पुष्पा भुसाल सरकारी निवास पाउन झमेला भएपछि बुढानीलकण्ठस्थित आफ्नै घरमा बसेकी थिइन् । यता दाहालको कार्यकाल सकिएपछि लामो समयसम्म उपाध्यक्ष चयन भएन । सभामुख घिमिरेले लिन नमानेको लैनचौर निवास आफूलाई दिन उपसभामुख इन्दिरा रानाले अनुरोध गरिरहेकी छिन् । हाल उनी बसिरहेको घरमा बालबालिका धेरै भएकाले सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आवास मिलाउन सकस भएको छ । ‘कि पुल्चोकमा मिलाइदिनुस्, कि लैनचौरको दिनुस् भनेर पटक–पटक भनेकी छु,’ उपसभामुख रानाले भनिन्, ‘कर्मचारी तहबाट भवन खाली छैन भनेर आलटाल गरिएको छ ।’ सहरी विकासका कर्मचारीले निवास दिन नसकिने र त्यसबापतको भाडा लैजान भनिरहेको उनले बताइन् । 

सभामुखले बस्न नमानेको लैनचौर निवास उपसभामुखलाई दिन आलटाल

४ मंसिरको निर्वाचनबाट आएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचित भएकी इन्दिरा रानाले पनि सरकारी निवास पाएकी छैनन् । सभामुख घिमिरेले लिन नमानेको लैनचौर निवास आफूलाई दिन उपसभामुख रानाले अनुरोध गरिरहेकी छिन् । प्रधानमन्त्री, मुख्यसचिवलाई ध्यानाकर्षण गराइसकेकी छिन् । सभामुखसँग पनि पहल गरिदिन अनुरोध गरेकी छिन् । तैपनि सुनुवाइ नभएको उनले बताइन् । हाल उनी बसिरहेको घरमा बालबालिका धेरै भएकाले सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आवास मिलाउन सकस भएको छ । 

मन्त्रीसरह वरीयताक्रम भए पनि उपसभामुख र उपाध्यक्षको सैनिक बडिगार्ड खोसियो

सरकारको मर्यादाक्रममा उपसभामुख र उपाध्यक्ष आठौँ नम्बरमा छन् । यसमा संघीय मन्त्री, मुख्यमन्त्री, प्रदेश प्रमुखलगायत पनि छन् । संघीय मन्त्रीसरहको वरीयता भएकाले उपसभामुख र उपाध्यक्षको अंगरक्षक एवं निवास सुरक्षामा सेना र अन्य सुरक्षा निकाय खटिने प्रावधान थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि परिमार्जन गर्दै उपसभामुख र उपाध्यक्षको सुरक्षामा सेना हटाएर सशस्त्रमा झारेका थिए । 

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो कार्यकालमा पहल गरेर उपसभामुखलाई सैनिक अंगरक्षक व्यवस्थापन गरेका थिए, त्यतिवेला पूर्णाकुमारी सुवेदी उपसभामुख थिइन् । सुवेदीको पालादेखि सुरु भएको सैनिक अंगरक्षक राख्ने अभ्यास तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिएको एक वर्षपछि गृह मन्त्रालयले कार्यविधि परिवर्तन गरेर सशस्त्रमा झारेको थियो । 

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सुरक्षा चुनौतीका आधारमा कार्यविधि तय गरिएको बताए । ‘कार्यविधिमा जे छ त्यही हो । वरीयता र प्रोटोकल फरक कुरा हो । सेक्युरिटी थ्रेटको एनालाइसिस गरेर गरेको होला । यो वेला–वेला परिवर्तन भइराख्छ । अब सेक्युरिटीको केही त्यस्तो थ्रेट महसुस भयो भने त्यसमा फेरि परिवर्तन हुन सक्छ,’ उनले भने । उपसभामुख रानाले सेना अंगरक्षकका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइरहेकी छिन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर