नेभिगेसन मेनु

हात्ती आतङ्कबारे अन्तर्क्रिया
सम्पादक:南亚网络电视
समय:2023-01-20 12:42

Untitled-1

झापाको शिवसताक्षीमा जङ्गली हात्तीले आतङ्क मच्चाउँदै मानिसको ज्यानै लिन थालेपछि सरोकारवालासँग छलफल सुरु भएको छ। हात्ती प्रभावित सरोकार समाज शिवसताक्षीले अन्तक्र्रिया सुरु गरेको छ। शिवसताक्षीमा पछिलो समय हात्तीको आक्रमणबाट मानवीय क्षतिसमेत भएको छ। जङ्गली हात्तीले रात्रिको समयमा शिवसताक्षीका वडा नं. १, ८, ९ र १० का स्थानीयका घर भत्काइदिने, खाद्य सामग्री खाइदिने खालका गतिविधिहरू गर्दै आएका स्थानीयवासीको  गुनासो छ। 

अन्तक्र्रिया कार्यक्रममा स्थानीय जयश्वर आङ्देम्बे, डिकबहादुर बुढाथोकी, बेनुप्रसाद सङ्ग्रौलालगायतले हात्तीले गाउँघरमा गर्दै आएको क्षतिको बारेमा जानकारी गराउनुभएको थियो।

जङ्गली हात्तीलाई गाउँ पस्न नदिन विभिन्न खालका उपायको खोजी गरिए पनि दीर्घकालीन रूपमा हात्ती नियन्त्रण गर्न नसकिने सरोकारवालाले बताएका छन्। दमक सब डिभिजन कार्यालयका प्रमुख एकराज दाहालले जङ्गली हात्ती आहाराको खोजीमा गाउँ पस्ने गरेकोले जङ्गल क्षेत्रमा हात्तीका आहारा रूपमा लिइने वनस्पतीको बिरुवा रोपण गरे पनि केही हदसम्म हात्ती गाउँ पस्न रोकिने बताउनुभयो।

गाउँको बीचमा हात्ती पसेपछि हात्ती धपाउन नजान्दा विभिन्न खालका क्षति गर्दै आएको जिल्ला वन कार्यालयका प्रमुख ऋषि पराजुलीले बताउनुभयो। हात्ती खेदाउनका लागि छुट्टै तालिमको व्यवस्था गर्नुपर्नेसमेत पराजुलीले बताउनुभयो। अन्तक्र्रियामा हात्तीको आक्रमणबाट मानिसको मृत्यु भएमा, घाइते भएमा, बालीनालीको क्षति भएमा र भौतिक संरचनामा क्षति भएमा राहतको व्यवस्था रहेको जानकारी गराएको थियो। अन्तक्र्रियामा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले नगरपालिकाले हात्ती नियन्त्रणका लागि जिल्ला तहमा पनि धेरै पटक छलफल चलाइएको र यसका लागि राष्ट्रिय स्तरबाटै अभियान चलाउनु पर्ने बताउनुभयो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर