नेभिगेसन मेनु

फिदिम नगरपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने
सम्पादक:南亚网络电视
समय:2023-02-01 12:19

BM-8

फिदिम, माघ १८ गते । पाँचथरको फिदिम नगरपालिकाले आधारभुत तहमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नगरपालिकाले आगामी शैक्षिक सत्र २०८० देखि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्ने भएको हो । 

नगरपालिकाले चालु शैक्षिक सत्र भित्रै पाठ्यक्रम निर्माण सकेर नया शैक्षिक सत्रको सुरुवातदेखि लागु गर्ने तयारी गरेको शिक्षा युवा तथा खेलकुदा शाखा अधिकृत निर्मला दाहालले बताएनुभयो । यस क्रममा शिक्षा शाखाले स्थानीय पाठ्यक्रमको आवश्यकता पहिचान र उद्देश्य निर्धारणका लागि स्थानीय सरोकारवालाहरुसँग छलफल र सुझाव संकलन गरेको छ ।  

स्थानीय आवश्यकता,सम्भावना र स्थानीय स्रोत साधन तथा स्थानीय परिवेश सुहाउँदो विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गर्न लागिएको पनि निर्मला दहालले बताउनुभयो । दहालका अनुसार पाठ्यक्रममा केन्द्रिय पाठ्यक्रमले नसमेटेका विषयसँगै कृषि, रैथाने तरकारी खेती, वनस्पतिजन्य वस्तुहरु, भाषा लिपि, जातिगत विविधता, धार्मिक, ऐतिहासिक, सांस्कृतिक र भौगोलिक पहिचान, पर्यटकीय स्थलको परिचय, स्थानीय शासन व्यवस्था, प्रविधिको सुरक्षित प्रयोग लगायत महत्वपूर्ण विषयहरु समेटिनु पर्ने स्थानीय सरोकारवालाहरु सुझाव रहेको छ । 

पाठ्यक्रम निर्माण पुर्व तयारीका लागि भाषाविद हरिचन्द्र लावतीको संयोजकत्वमा समिति पनि निर्माण गरिएको छ । समितिमा रानिटार माविका प्रधानाध्यापक भक्तवहादुर राई, सरस्वती मावि चोकमागुका वासुदेव ढुंगाना, सिद्धदेवी मावि नागीनका रुपनारायण चापागाई, महादेव गुप्तेश्वर माविका कमल वास्कोटा र शिक्षा अधिकृत निर्मला दहाल सहितको ६ जना सदस्य राखिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर