नेभिगेसन मेनु

व्यापार घाटा ७ खर्ब ११ अर्ब
सम्पादक:南亚网络电视
समय:2023-01-24 13:26

ghata_20230124091514

चालू आर्थिक वर्षको आधा अवधिको अन्त्यसम्म देशको व्यापार घाटा १९ प्रतिशतले खुम्चिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनामा राज्यले ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको हो।

गत आवको पुस मसान्तसम्म वस्तु आयात र निर्यातको अन्तर ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो। भन्सार विभागका अनुसार पुस मसान्तसम्म ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको वस्तु आयात हुँदा मात्र ८० अर्ब ८० करोडको वस्तु निर्यात भएको छ। तथ्यांकले निर्यातभन्दा ९ दशमलव ८१ गुणा बढी वस्तु आयात भएको देखाउँछ।

अघिल्लो आवको सोही अवधिको तुलनामा आयात २० दशमलव ६८ प्रतिशतले खुम्चिँदा निर्यात ३२ प्रतिशतले कम भएको हो। गत आवको पुससम्म ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको वस्तु आयात भएकामा १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको निर्यात भएको थियो।

विलासिताका वस्तु आयातमा सरकारले प्रतिबन्ध लगाउँदा आयात ह्वात्तै घटेको भन्सार विभागको तथ्यांकले देखाउँछ। सरकारले गत वैशाखदेखि मंसिरसम्म विलासिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो।

यता, आयातको तुलनामा निर्यात ठूलो दरमा खस्किँदा कुल व्यापारमा निर्यातको हिस्सा अझै घटेको छ। गत आवको पुस मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० दशमलव ६३ प्रतिशत रहेकामा चालू आवको पुस मसान्तसम्म यस्तो हिस्सा ९ दशमलव २५ प्रतिशतमा खुम्चिएको छ। 

प्रतिबन्ध हटेपछि पनि आयात घट्दो

सरकारले पुस १ गतेदेखि लागू हुने गरी आयात प्रतिबन्ध हटाएको छ। तर, आयात भने झनै कम भएको छ। पुसमा १ खर्ब २७ अर्ब ९२ अर्ब रुपैयाँको आयात भएको छ। मंसिरको भन्दा ४ अर्ब १३ करोड रुपैयाँ कम हो। मंसिरमा १ खर्ब ३२ अर्ब ५ करोडको आयात भएको थियो।

पुसदेखि आयात प्रतिबन्ध हटे पनि नेपाल राष्ट्र बैंकले एलसी खोल्न नगद मार्जिनको अनिवार्यता भने हटाएको थिएन। सोही कारण वस्तु आयात नभएको तथ्यले देखाउँछ। यद्यपि, माघ ५ गतेदेखि अनिवार्यता नगद मार्जिनको व्यवस्था खारेज भइसकेको छ।

आयातमा वीरगन्ज अगाडि, १० भन्सारबाट शून्य निर्यात

भन्सार विभागको तथ्यांकअनुसार सबैभन्दा बढी आयात वीरगन्जस्थित एकीकृत जाँच चौकीबाट हुन्छ भने सबैभन्दा कम आयात झापाको भद्रपुरबाट भएको छ । वीरगन्जबाट २ खर्ब ९५ अर्बको वस्तु आयात हुँदा दोस्रो स्थानमा भैरहवा छ ।

भैरहवा नाका हुँदै १ खर्ब ११ अर्बको वस्तु आयात भएको देखिएको छ । यस्तै वीरगन्जकै सिर्सियास्थित सुक्खा बन्दरगाहबाट ९८ अर्बको वस्तु आयात भएको छ । भन्सार विभागको अनुसार विराटनगरबाट ९२ अर्ब र त्रिभुवन विमानस्थल हुँदै ८४ अर्बका वस्तु स्वदेश भित्रिएका छन् ।

यता १० वटा नाकाबाट निर्यात शून्य छ भने विराटनगरबाट सबैभन्दा बढी २३ अर्ब र वीरगन्जबाट दोस्रो धेरै २१ अर्बको वस्तु निर्यात भएको विभागको तथ्यांक छ । यस्तै त्रिभुवन विमानस्थल हुँदै साढे १७ अर्ब तथा मेची भन्सार हुँदै साढे १० अर्बको वस्तु निर्यात भएका छन् ।

भन्सार विभागका अनुसार भद्रपुर, जनकपुर, महेशपुर, राजविराज, सती, सिरहा, सुनसरी, तातोपानी, ठाडी र त्रिवेणी भन्सारबाट कुनै पनि वस्तु निर्यात भएको छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर