नेभिगेसन मेनु

स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा
समय:2026-11-27 16:52

Health-news-2222

कैलालीको धनगढी उपमहानगरपालिकाले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ ।

सरसफाइ, उज्यालो र हरित अभियानलाई जोड दिएको उपमहानगरपालिकाले वडा नं. २ मा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको आज वडाध्यक्ष धर्मराज ओझाले उद्घाटन गर्नुभयो ।

धनगढीका अस्पतालबाट निस्कने जोखिमयुक्त स्वास्थ्यजन्य फोहोरलाई निःसंक्रमण गरी व्यवस्थापन गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले बताउनुभयो । उहाँले अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहोर व्यवस्थित रूपमा सङ्कलन गरी केन्द्रमा व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

धनगढी उपमहानगरपालिकाले निःसंक्रमण नगरिएको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन गरेबापत प्रतिकेजी ६० रुपियाँ र निःसंक्रमण गरिएको फोहोर व्यवस्थापन गरेबापत प्रतिकेजी ३५ रुपियाँ शुल्क निर्धारण गरेको छ ।

उपमहानगरपालिकाले नेपाल सरकारको ऐन तथा कानुनअनुसार आफ्नै सवारीसाधनबाट फोहोर सङ्कलन गर्ने वातावरण शाखाका प्रमुख अशोक अवस्थीले बताउनुभयो । उहाँका अनुसार सङ्कलित फोहोर केन्द्रमा ल्याएर पहिले सङ्क्रमणरहित बनाइने र त्यसपछि टिन तथा प्लास्टिकका रूपमा छुट्याएर व्यवस्थापन गरिनेछ ।

फोहोर व्यवस्थापनमा धनगढी उपमहानगरपालिकालाई नेपालकै नमुना पालिका बनाउने अभियानअन्तर्गत सामुदायिक तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको काम अघि बढाइएको नगरप्रमुख गोपाल हमालले बताउनुभयो । केन्द्र सञ्चालनमा आएपछि धनगढीका अस्पताललाई ठूलो राहत पुग्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “एक सय शय्या भएका अस्पतालले अनिवार्य रूपमा आफ्नै फोहोर व्यवस्थापन केन्द्र बनाउनुपर्छ । तर, साना अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र नभएका कारण फोहोर जथाभावी फालिएको पनि पाइएको थियो । अब सहज हुनेछ र स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा पनि हामी कडाइ गर्नेछौँ ।”

धनगढी उपमहानगरपालिकालाई फोहोर व्यवस्थापनमा नमुना पालिकाका रूपमा चिनाउन सबैको सकारात्मक सहयोग आवश्यक रहेको नगरप्रमुख हमालले बताउनुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी