नेभिगेसन मेनु

टिपताला नाका सञ्चालनको माग
समय:2026-11-27 15:48

Untitled-1

चीनसँग सीमा जोडिएको ताप्लेजुङको दुर्गम हिमाली बस्ती ओलाङचुङ्गोलामा लामो समयपछि सवारीसाधन पुगेपछि स्थानीयले टिपताला नाका सञ्चालन, अन्तरदेशीय वस्तु विनिमय र सीमापास परिचयपत्रको अवधि बढाउन सरकारसँग माग गरेका छन् । 

गत चैतदेखि अवरुद्ध रहेको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोला जोड्ने सडक मर्मत तथा सफाइपछि मङ्गलबारदेखि यातायात सञ्चालनमा आएको हो । सुपर तमोर हाइड्रोपावरको मेसिन प्रयोग गरी सडकमा थुप्रिएको पहिरो तथा अन्य अवरोध हटाइएपछि बोलेरो जिप ओलाङचुङ्गोला पुगेको हो । सडक सञ्चालनमा आएसँगै स्थानीयको आवतजावत, दैनिक उपभोग्य सामग्री ढुवानी तथा सरकारी सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ । 

सडक सञ्चालनमा आएपछि प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल नेतृत्वको जिल्लास्थित सुरक्षा अधिकारीको टोलीसमेत ओलाङचुङ्गोला पुगेको थियो । वडाध्यक्ष छेतेनवालुङ शेर्पाको समन्वयमा स्थानीयसँग भएको छलफलमा नागरिकले सडकको नियमित सञ्चालनदेखि सीमापार व्यापारसम्मका समस्या उठाउनुभएको हो । स्थानीय दोर्जे शेर्पाले ओलाङचुङ्गोला हुँदै ताप्लेजुङ सदरमुकाम फुङलिङ र चीनको स्वशासित क्षेत्र तिब्बतस्थित टिपताला नाकासम्म जोड्ने सडक स्थायी रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उक्त सडक तीन देशलाई जोड्ने रणनीतिक महìवको छोटो मार्ग भए पनि नियमित सञ्चालनमा सरकारको पर्याप्त ध्यान पुग्न नसकेको बताउनुभयो ।

स्थानीय नुपु शेर्पाले तिब्बतको रिउबजारमा स्थानीय उत्पादन बिक्री गर्न पाउने व्यवस्था मिलाउन र अन्तरदेशीय वस्तु विनिमयको बाटो खुलाउन आग्रह गर्नुभयो । उहाँले सीमापास परिचयपत्रको नवीकरण अवधि एक वर्षबाट बढाएर पाँच वर्ष पु-याउनसमेत माग गर्नुभयो ।

स्थानीयका माग सुनेका प्रमुख जिल्ला अधिकारी दाहालले सुभाङखोला–दोभान–ओलाङचुङ्गोला सडक रणनीतिक तथा आर्थिक दृष्टिले महìवपूर्ण रहेको बताउनुभयो । सडक चाँडो सञ्चालनमा ल्याउने प्रव्रिmयामा आफूहरूले सहजीकरण गरिरहेको जानकारी दिँदै उहाँले स्थानीयका माग सम्बन्धित माथिल्लो निकायमा पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सीमापास परिचयपत्रको नवीकरण अवधि तत्काल पाँच वर्ष पु-याउने प्रावधान नरहेको उल्लेख गर्दै उहाँले सदरमुकाम आउन नसक्ने सेवाग्राहीको हकमा वडाध्यक्षमार्फत जिल्ला प्रशासन कार्यालयमा विवरण प्राप्त भए नवीकरण प्रव्रिmया अघि बढाउन सकिने जानकारी दिनुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी