नेभिगेसन मेनु

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु
समय:2026-11-25 12:05

death (1)

रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज बिहानको राति १ बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो । निजका छोरा अर्जुन  भागेर ज्यान जोगाउन सफल हुनुभएको छ । एक सातादेखि हात्तीको ठूलो बथान रुपनीमा  प्रवेश गरेपछि स्थानीय त्रसित छन् । 

गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सरुुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको ज्यान गएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी