नेभिगेसन मेनु

निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित
समय:2026-11-27 15:47

sibir

फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा पाँचथर जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित भएका छन् ।

 

बिहीबार सम्पन्न त्रिदिवसीय शिविरमा १०३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । साथै ५५८ जनालाई निःशुल्क चस्मा वितरण गरिनुका साथै अन्य बिरामीलाई आवश्यकताअनुसार औषधि वितरण गरिएको फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

 

पाँचथरसहित पूर्वी पहाडी जिल्लाहरुमा आँखाको उपचार गर्ने सुविधायुक्त अस्पताल नभएकाले शिविर सञ्चालन गएिको उहाँले बताउनुभयो । शिविर नेत्र विशेषज्ञसहितको १८ जनाको टोलीले सञ्चालन गरेको हो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी