नेभिगेसन मेनु

अन्नपूर्ण आधार शिविरमा आवास समस्या, हावाहुरीले उडायो टेन्ट
समय:2026-11-25 12:33

annapurna-basecamp-00-(4)-(1)

म्याग्दीको अन्नपूर्ण अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र पदमार्गमा पर्यटकको सुविधाका लागि राखिएका १२ वटा टेन्ट हावाहुरीले उडाएको छ । टेन्ट उडाउदा पदयात्रामा पुगेका पर्यटकलाई बासको समस्या भएको छ । 

मंगलबार बिहान चलेको तीव्र हावाहुरीले अन्नपूर्ण आधार शिविर स्थित पञ्चकुण्ड ताल  र पदमार्गको भुस्केट मेलामा राखिएका टेन्ट उडाएको हो ।

टेन्ट उडाएपछि अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको पदयात्रामा पुगेका पर्यटकलाई बासको समस्या भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा स्थानीय पर्यटनकर्मी तेज गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार चार हजार एकसय ५० मिटरको उचाई स्थित पञ्चकुण्ड ताल क्षेत्र र पदमार्गको तीन हजार ६ सय ५१ मिटरको उचाईमा रहेको भुस्केट मेलामा टेन्ट टाँगेर पर्यटकको सुविधाका लागि अस्थायी संरचना निर्माण गरिएको थियो । हावाहुरीले टेन्ट सहित अस्थायी संरचना भत्काएपछि पर्यटकलाई समस्या भएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘हावाहुरीले पञ्चकुण्ड ताल क्षेत्र र पदमार्गको भुस्केट मेलामा निर्माण गरिएका अस्थायी संरचनामा क्षति पुगेपछि पदयात्रामा रहेका पर्यटकलाई बसोबासको समस्या भएको छ ।” पदयात्रामा जाने पर्यटकको सुविधाका लागि पदमार्गका ६ स्थानमा टेन्ट राखेर होटल, चिया पसल तथा खाजाघर सञ्चालन गरिएको थियो । 

गाउँपालिकासँग सम्झौता गरी स्थानीय पर्यटन व्यवसायीले हुमखोलादेखि चार पञ्चकुण्ड तालसम्मका विभिन्न स्थानमा अस्थायी टेन्टमार्फत पर्यटकलाई सेवा दिँदै आएका थिए ।

हावाहुरीले टेन्ट उडाएर  होटल तथा रेष्टुरेन्टमा क्षति पुगेपछि पर्यटकलाई वास बस्न समस्या भएको पञ्चकुण्ड ताल नजिक होटल सञ्चालन गर्दै आउनुभएका हिराराम बुदुजाले बताउनुभयो । 

असोजदेखि पदयात्राका लागि अनुकूल मौसम सुरु भएसँगै यस क्षेत्रमा दैनिक दुई सयदेखि चार सय जनासम्म आन्तरिक पर्यटक आउने गरेका छन् । तर, पर्यटकको चाप बढ्दै गए पनि पर्याप्त आवास सुविधा नहुँदा समस्या हुने गरेको छ ।

सीमित होटल तथा रेष्टुरेन्ट, सञ्चार र विद्युत् सुविधाको अभावले पदयात्रामा आउने पर्यटकले सास्ती भोग्नुपरेको छ । हुमखोलादेखि सुरु हुने मौरिस हर्जोग पदमार्गको कुनै पनि स्थानमा सञ्चार तथा विद्युत् सुविधा उपलब्ध छैन । 

आन्तरिक तथा बाह्य पर्यटक मौरिस हर्जोग पदमार्ग हुँदै चार हजार एकसय ९०  मिटरको उचाइमा रहेको आधार शिविर सम्म पुग्ने गर्दछन् । 

प्राकृतिक सौन्दर्य र हिमाली दृश्यावलोकनका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको यस क्षेत्रमा पर्यटकको चापसँगै सुरक्षित आवास, सञ्चार र विद्युत् सुविधाको व्यवस्थापन सम्बन्धित निकायले पहल गर्नुपर्ने मौरिस हर्जोग पदमार्गका अभियन्ता गुरुङले बताउनुभयो ।

गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको सहयोगमा हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुुण्डमा खानेपानी र शौचालय लगायतका पर्यटकीय पूर्वाधार निर्माण गरिएको भएपनि अझै अपुग छन् । पदमार्ग तथा झोलुङ्गे पुलहरुको मर्मतसम्भार गरिएको छ ।  

आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक राखिएको छ भने खुल्ला सङ्ग्रहालय स्थापना गरिएको छ । पहिलो आरोही मौरिस हर्जोगका नामबाट पदमार्गको नामाकरण गरिएको हो । 

नेपालमा ‘जेठो हिमाल’ भनेर चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म २० किलोमिटर सवारी साधनमा पुगेर त्यहाँबाट करिब २१ किलोमिटर पैदलमार्ग हुँदै दुईदिनको पदयात्रापछि अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ ।

पदमार्गमा रहेको फुतफुते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी