नेभिगेसन मेनु

मिस युनिभर्समा बारेटो
समय:2026-11-26 12:42

Jennifer

प्युर्टो रिकोकी २७ वर्षीय जेनिफर बारेटोले ‘मिस युनिभर्स–२०२६’ को उपाधि जित्नुभएको छ ।  प्युर्टो रिकोको सान जुआनमा आयोजित ७५ औँ संस्करणको फाइनलमा ११५ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले घरेलु भूमिमै ताज पहिरिनुभएको हो । उहाँलाई पूर्वविजेता मेक्सिकोकी फातिमा बोसले ताज पहिर्‍याइदिनुभएको अमेरिकी निजी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । 

सन् २०२३ मा मिस युनिभर्स अर्गनाइजेसनले विवाहिता महिला र आमालाई सहभागी हुन अनुमति दिने गरी नियम परिवर्तन गरेपछि यो प्रतिष्ठित ताज जित्ने जेनिफर इतिहासकै पहिलो विवाहित महिला र आमा बन्नुभएको छ । उहाँकी सात वर्षीय एक छोरी छिन् । यो जितसँगै प्युर्टो रिकोले छैटौँ पटक मिस युनिभर्सको उपाधि हात पारेको छ । 

यसअघि सन् २००६ मा जुलेका रिभेराले प्युर्टो रिकोलाई उपाधि दिलाउनुभएको थियो । 

यस प्रतियोगितामा डोमिनिकन रिपब्लिककी मेलिसा नुनेज फस्ट रनरअप र भेनेजुएलाकी क्लारा भेगास सेकेन्ड रनरअप घोषित हुनुभयो । त्यस्तै फिलिपिन्सकी बिया मिलान–विन्डोस्र्की तेस्रो र न्युजिल्यान्डकी जर्जिया वाडिङ्टन चौथो रनरअप बन्नुभयो । बारेटो पेसाले एक सामाजिक अभियन्ता र शिक्षक हुनुहुन्छ । उहाँले मनोविज्ञानमा स्नातक र स्नातकोत्तर तथा क्लिनिकल सोसल वर्कमा पनि स्नातकोत्तर गर्नुभएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी