
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृष्णनगर नगरपालिका, कपिलवस्तुका प्राविधिक प्रमुख, इन्जिनियर (करार) प्रदीप कुमार चौधरीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्न गराउन विभिन्न बहाना बनाई दुःख हैरानी दिएर सेवाग्राहीसँग घुस (रिसवत) लिएको पुष्टि भएपछि आज आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता पर्वत गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्माण व्यवसायीबाट विभिन्न भुक्तानीको विषयमा अनुचित लेनदेन गरेको, ह्वाट्सएपमा च्याट गरेको र ठेकेदारले मोबाइल बैङ्किङमार्फत खातामा रकम पठाएको प्रमाणसहित उजुरी परेको थियो । सोही उजुरीका आधारमा आयोगले अनुसन्धान गर्दा चौधरीले राष्ट्रसेवक पद तथा ओहदाको दुरुपयोग गरी सेवाग्राहीसँग कमिसनरघुस माग तथा बार्गेनिङ गरी चेकमार्फत ५० हजार रुपियाँ र बैङ्क खातामा फोनपेमार्फत एक लाख रुपियाँ गरी कुल एक लाख ५० हजार रुपियाँ घुस लिएको देखिएको आयोगले जनाएको छ ।


















