नेभिगेसन मेनु

वीरगञ्जको क्यासिनोबाट १२ जना नेपाली पक्राउ
समय:2026-11-27 15:55

pakrau

 पर्सा प्रहरीले शुक्रबार राति वीरगञ्ज–१० मा रहेको एक क्यासिनोमा प्रवेश गरी जुवा खेल्ने तथा खेलाउने कार्य गर्दै गरेका १२ जना नेपालीहरूलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नेपालीहरूलाई प्रवेश गराएर जुवा खेलाई रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले वीरगञ्ज–१० मा रहेको फर्चुन सिटी गेमिङ क्लब प्रा.लि. मा छापा मारिएको थियो । 

तीन जना क्यासिनोका कर्मचारीसहित १२ जना नेपालीलाई पक्राउ गरेको उहाँले बताउनुभयो । 

क्यासिनोमा अनाधिकृत रूपमा प्रवेश गरी जुवा खेलेको आरोपमा वीरगञ्जका विजय अग्रवाल, सन्तोष कुमार यादव, अनुराग कुमार, दिनेश साह, बारा जिल्ला कलैयाका नरेश प्रसाद, काभ्रे जिल्लाका गुञ्जमान मोक्तान, सिन्धुली जिल्ला मरिन गाँउपालिकाका विनोद कुमार लो. र काठमाण्डौं जिल्ला शाखुका राजेश श्रेष्ठ पक्राउ परेका हुन् । 

त्यसैगरी पक्राउ पर्ने क्यासिनोका कर्मचारीहरूमा बैतडी जिल्लाको दोगराकेदार गाउँपालिकाका तिलक प्रसाद भट्ट, सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाका दीपकराज पराजुली र वीरगञ्ज महानगरपालिकाका प्रभु साह तुरहा रहेका छन् ।

पक्राउ परेका १२ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मल्लले जानकारी दिनुभयो ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी