नेभिगेसन मेनु

अन्धकारबाट उज्यालोमा फर्किएँ...
समय:2026-11-27 15:45

jyotii

 आर्थिक अभाव र उपचारको पहुँच नहुँदा लामो समयदेखि अन्धकारमा जीवन बिताइरहेका ताप्लेजुङका एक सय ७७ जनाले पुनः आँखाको ज्योति पाएका छन् ।

सदरमुकाम फुङ्लिङमा अवस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित शल्यक्रियासहितको निःशुल्क आँखा स्वास्थ्य शिविरमा उनीहरूको आँखाको शल्यक्रिया गरिएको हो ।

चारदिने शिविरमा एक हजार एक सय ५१ जनाले आँखाको परीक्षण गराएका थिए । परीक्षणका क्रममा समस्या देखिएका एक सय ७७ जनाको शल्यक्रिया गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ नेत्र अधिकृत तथा क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार शल्यक्रिया गरिएकामध्ये १ सय ७६ जनाको मोतियाबिन्दुको र एक जनाको अन्य सामान्य समस्या सम्बन्धी शल्यक्रिया गरिएको हो ।

शिविरमा मिक्वाखोला गाउँपालिका–४ की लालमाया लिम्बूले लामो समयपछि दुवै आँखाले देख्न पाउनुभएको छ । दुवै आँखाको दृष्टि गुमेपछि अन्धकारमा जीवन बिताइरहनुभएकी उहाँ शल्यक्रियापछि संसार देख्न पाउँदा निकै खुसी हुनुहुन्छ । ‘अन्धकारबाट उज्यालोमा फर्किएँ । योभन्दा ठुलो खुसी अरू के हुन सक्छ र ? शिविरले मलाई नयाँ संसार दिएको छ,’ उहाँले भन्नुभयो ।

मैवाखोला गाउँपालिका–का वीरबहादुर लिम्बूले पनि दुवै आँखाको दृष्टि गुमाउनुभएको थियो । निःशुल्क शिविरमा शल्यक्रिया गराएपछि उहाँले पुनः देख्न पाउनुभएको छ । लामो समयपछि संसार देख्न पाउँदा उहाँमा खुसीको सीमा छैन ।

त्यस्तै, फुङ्लिङ नगरपालिका–९ का तेन्डु शेर्पाले चार वर्षदेखि एउटा आँखाले देख्न सक्नुभएको थिएन । शिविरमा शल्यक्रिया गराएपछि पुनः दृष्टि फर्किएकोमा उहाँ खुसी हुनुहुन्छ । ‘अहिले फेरि देख्न पाउँदा खुसी लागेको छ । मलाई यो जीवन दिने चिकित्सकको आयु पनि लागोस्,’ उहाँले भावुक हुँदै भन्नुभयो ।

तीन दिने शिविरमा पहिलो दिन ६१, दोस्रो दिन ८० र तेस्रो दिन ३६ जनाको शल्यक्रिया गरिएको थियो । परीक्षण गराउनेमध्ये ५८९ पुरुष र ५६२ महिला रहेका छन् ।

शिविरमा विश्वविख्यात नेत्ररोग विशेषज्ञ तथा तिलगङ्गा आँखा अस्पतालका निर्देशक प्रा.डा. सन्दुक रुइत, उहाँका छोरा डा. सागर र अमेरिकी नेत्ररोग विशेषज्ञ डा. जेएफले शल्यक्रिया गर्नुभएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी