नेभिगेसन मेनु

पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर–कमला सडक निर्माण अन्तिम चरणमा
समय:2026-11-26 13:45

1000114957

 पूर्व–पश्चिम राजमार्गस्थित कञ्चनपुर–कमला सडक निर्माण प्रगति ८० प्रतिशतभन्दा बढी भएको छ । ८७ किलोमिटर चार लेन सडकको पश्चिमी खण्ड कुशहा–कमला ४७.२ किलोमिटर ८२ प्रतिशत र कञ्चनपुर कुशहा ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । 

पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर अनुपम कुमार साहको अनुसार सिरहा अन्तरगत कुशहा–कमला खण्डस्थित मिर्चैया गोलबजार र लहानमा ओभरपास र अण्डरपास निर्माणको काम तीव्र गतिमा भइरहेको छ । लहानमा मात्रै तीनवटा अण्डरपास निर्माण भइरहेको उहाँले बताउनुभयो । 

लहानमा ओभरपास निर्माण भइरहेको जमिन मुनिको माटो दलदल परेकोले त्यसमा गिटी ढुङगा राखेर मजबुत बनाउने कार्य दुई महिनादेखि भइरहेको उक्त कामको प्रगति ६५ प्रतिशत भएको उहाँले बताउनुभयो ।

सिरहामा २५ वटा पुलमध्ये बलान खोलामा नयाँ निर्माण भएको पुल समेत सञ्चालनमा ल्याउन प्रविधिक रूपमा तयारी भइरहेको सूचना अधिकारी साहले बताउनुभयो । उहाँले भन्नुभयो, "नदीजन्य गिटी बालुवा पुर्न र ओभरपास निर्माण भएको वरिपरि आरएस बाल ठड्याउन नदीजन्य गिटी बालुवा आवश्यकता अनुसार उपलब्ध नभइरहेको समस्या देखिएको छ ।"

निर्धारित समयमा निर्माण कार्य नभएकोले तेस्रोपटक आगामी पुस १५ सम्म म्याद थपिएको छ ।

जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा लहानको अध्यक्ष प्रदीप गुप्ताले निर्माण कार्यमा भइरहेको ढिलाइले लहान गोलबजार मिर्चैयाको मुख्य बजार क्षेत्रको व्यापार चौपट भएको बताउनुभयो ।

उहाँले थप्नुभयो, "हिलो धुलोले जनजीवन निकै प्रभावित भएकोले निर्माण कार्यले गति लिनुपर्ने हाम्रो मागलाई ध्यानमा राखेर अहिले कार्य तीव्र गतिमा नै भइरहेको छ ।"

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी