नेभिगेसन मेनु

बुटवलमा आजदेखि खाना महोत्सव
समय:2026-11-27 16:37

khana-mahotsb-pic

रुपन्हेहीको बुटवलमा शुक्रबार (आज)देखि खाना महोत्सव सुरु हुँदैछ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित रंगशालामा हुने महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

संघले पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो । महोत्सव चार दिनसम्म चल्नेछ । महोत्सव संयोजक तथा संघका अध्यक्ष माधवकुमार खनालका अनुसार महोत्सवमा ५० भन्दा बढी खानाका स्टल रहनेछन् । ती स्टलमा थारू, नेवारी, मगर, थकालीलगायत विभिन्न जातजातिका मौलिक परिकार उपलब्ध हुनेछन् । 

नेपाली मौलिक खानाको स्वादसँगै कला र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको खनालले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । खाद्य स्वच्छता र सरसफाइमा पनि विशेष ध्यान दिइने उहाँले बताउनुभयो ।

आयोजकले महोत्सवमा दुई लाख दर्शक सहभागी हुने र एक करोड ५० लाख रूपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले खाना महोत्सव बुटवलको पहिचान र ब्रान्डका रूपमा स्थापित भइसकेको बतानुभयो । 

महोत्सव हरेक दिन साँझ ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । त्यसक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गर्ने कार्यक्रम छ । उद्घाटनअघि बुटवलका विभिन्न स्थानबाट झाँकीसहित सहभागीहरू महोत्सवस्थल पुग्नेछन् । बुटवलमा २०७५ सालदेखि निरन्तर सडक खाना महोत्सव आयोजना हुँदै आएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी