नेभिगेसन मेनु

‘जेठोबुढो’ जोगाउँदै पोखरा
समय:2026-11-27 13:02

daai-3

 पोखरा महानगरपालिकाका विभिन्न ठाउँका फाँटमा स्थानीय र उन्नत जातका धान खेती गरिन्छ तर हाइब्रिड जातका धानको दबदबा बढ्न थालेपछि महानगरले पोखराको पहिचान बनेको ‘जेठोबुढो’ धान प्रवर्धन गरिरहेको छ ।

महानगरले किसानलाई जेठोबुढोको बिउमा ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको छ भने उत्पादित चामलको ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणमा समेत सघाएको छ । किसानलाई उत्पादनमा प्रोत्साहन गर्न हरेक वर्ष ५० प्रतिशत अनुदानमा बिउ वितरण गर्ने गरिएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।

महानगरले पाँच वर्षअघिदेखि नै जेठोबुढो धानको न्यूनतम समर्थन मूल्य तोकी बिक्री नभएमा किसानलाई सो मूल्य उपलब्ध गराउँदै आएको छ । “गत वर्ष किसानलाई सात हजार पाँच सय किलो जेठोबुढो धानको बिउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो,” कडरियाले भन्नुभयो ।

पोखरामा ११ हजार दुई सय हेक्टरमा धान खेती हुँदै आएको महानगरको तथ्याङ्क छ । त्यसमध्ये करिब चार हजार पाँच सय हेक्टरमा जेठोबुढो धान रोपिन्छ । जसबाट १५ देखि १६ हजार टन रहेको कडरिया बताउनुहुन्छ । 

अब दाइँ महोत्सव पनि

सबै जसो चाडपर्वलाई उत्सवका रूपमा मनाउने पोखरामा धान रोप्ने बेला रोपाइँ महोत्सव जस्तै थन्क्याउने बेला दाइँ महोत्सव पनि गर्न थालिएको छ । युवापुस्तालाई परम्परागत कृषि प्रणाली चिनाउँदै पर्यटन र कृषिलाई जोड्ने लक्ष्यसाथ यसपालि मङ्सिर १२ गते शनिबार महोत्सव हुने तय भएको छ । महानगरपालिका तथा नेपाल पर्यटन बोर्डको प्रवर्धन तथा पोखरा पर्यटन परिषद्को पोखरा–२९, लेखनाथको नौबिसे टोलमा महोत्सव हुँदै छ । महोत्सव संयोजक हरिराम अधिकारी ११ रोपनीमा हुने महोत्सवमा परम्परागत तवरले दाइँ गरिने बताउनुहुन्छ । “कम्तीमा चार हलगोरु र आवश्यक दधेराले बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म दाइँ गर्ने कार्यक्रम छ ।” महोत्सवमा जेठोबुढो धान, चामल र रैथाने अन्नका स्टलसमेत राखिने भएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी