नेभिगेसन मेनु

‘कोशीलाई कोसेली’
समय:2026-11-25 12:29

123

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा दुईदेशबिच भएका सहमति र घोषणा पूर्वी नेपालका लागि आकर्षक र उपलब्धिमूलक हुने यहाँका उद्योगी–व्यवसायीले बताएका छन् । कोशी प्रदेशका महत्वपूर्ण आयोजना समेटिएसँगै त्यसले औद्योगिक–व्यापारिक गतिविधिलाई चलायमान बनाउने उद्योगीहरूले बताएका हुन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले कोलकाता र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएका उद्योगी व्यवसायीका लागि गुजरातको कान्डाला र उडिसाको पारादीप बन्दरगाह प्रयोग गर्न पाउने अवसर सिर्जना हुनु सकारात्मक भएको बताउनुभयो । यसै गरी जलविद्युत्, पेट्रोलियम आपूर्ति र नदी नियन्त्रणसँग सम्बन्धित विषयमा भएका सहमति कोशीका लागि कोशेली साबित हुने उहाँको विश्वास छ । भारत र नेपालका प्रधानमन्त्रीले सङ्खुवासभा र भोजपुरमा निर्माण हुने ६६९ मेघावाटको तल्लो अरुण जलविद्युत् आयोजना र सिलिगुडीदेखि झापाको चारआलीसम्मको पेट्रोलियम पाइपलाइन र भण्डारण केन्द्र निर्माणको शिलान्यास गर्नुले कोशी प्रदेशका लागि सकारात्मक रहेको अध्यक्ष राउतले बताउनुभयो । यसै गरी सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न भएको सहमतिसमेत कार्यान्वयन हुने आशा राखिएको छ । 

उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले केही नीतिगत तहमा गर्नुपर्ने कामहरू हुन नसके पनि दुई वटा बन्दरगाह प्रयोग गर्न दिने भारतीय प्रधानमन्त्रीको घोषणाले औद्योगिक क्षेत्रलाई सहज बनाउने बताउनुभयो । अध्यक्ष राठीले नेपालबाट निर्यात हुने सामग्रीमा भारतले ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस) कार्यन्वयनमा गरिरहेको उल्झनको सहजीकरण र जुट निर्यातमा लाग्दै आएको शुल्कका बारेमा आधिकारिक जानकारी आइनसकेको बताउनुभयो । त्यसबाहेक प्रधानमन्त्रीको भ्रमणले निजी क्षेत्रलाई उत्साहित बनाएको उहाँको भनाइ छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी