
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २२ गते । काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका तथा टुङ्ना वादक फुटी शेर्पा सम्मानित भएकी छन् ।
संगीत तथा कला–संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शेर्पालाई उत्कृष्ट कला तथा संस्कृति पुरस्कार
सम्मान गरिएको हो ।
फुटी शेर्पाले नेपाली मौलिक संगीत तथा कला–संस्कृतिको क्षेत्रमा योगदान पुर्याउँदै आएकी छन् । उनले २०२५ सालमा भारतको सिलिगुडीमा आयोजित हिमालयन जातीय प्रतियोगिता–२०२५ मा उपविजेताको उपाधिसमेत हासिल गरेका थिए।
त्यस्तै, शेर्पा समुदायबाट रेडियो नेपालमा आधुनिक गीततर्फको स्वर परीक्षा उत्तीर्ण गर्ने शेर्पा समुदायको पहिलो महिलासमेत रहेको बताइएको छ।
पुरस्कार प्राप्त गरेपछि आफू अत्यन्तै गौरवान्वित र खुसी भएको फुटी शेर्पाले बताएकी छन् । यस सम्मानले आगामी दिनमा कला तथा संगीतको क्षेत्रमा अझ सक्रिय भएर अगाडि बढ्न आफूलाई थप हौसला र प्रेरणा मिलेको उनको भनाइ छ।














