
काठमाडौँ, भदौ १० गते । अगस्ट २६ तारिखमा पहिरोका कारण सिचाङ(तिब्बत)को शिगात्से शहरको केरोङ नाकामा ठूलो जनधनको क्षति भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण निर्देशनलाई कार्यान्वयन गर्नका लागि चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले सोही दिन आपत्कालीन रूपमा १२ करोड चिनियाँ युआन बराबरको केन्द्रीय प्राकृतिक विपत्ति राहत कोष निकासा गरेको छ। यो रकम सिचाङलाई केरोङमा गएको प्रकोपको आपत्कालीन उद्धार, राहत र विपद्पीडित नागरिकको उद्धार कार्यमा सहयोग गर्न प्रदान गरिएको हो। सो रकम मानव खोजी तथा उद्धार, विपद्पीडितको सुरक्षित स्थानान्तरण तथा पुनर्वास, जोखिम न्यूनीकरण र क्षतिग्रस्त घरहरूको मर्मतजस्ता कार्यहरूमा केन्द्रित भएर प्रयोग गरिनेछ। मानवीय क्षति र भौतिक क्षतिलाई न्यूनतम गर्न प्रयासरत भैरहेको छ।


















