
काठमाडौँ, साउन १२ गते । दरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा जितका लागि नामिबियाले नेपाललाई दुई सय १२ रनको लक्ष्य दिएको छ ।
सोमबार टर हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ११ रन बनायो । नामिबियाका लागि जान फ्राइलिंकले शतकीय इनिङ्स खेल्नुहयो ।
सय रन बनाउनुभएको उहाँले एक सय ४९ बलमा तीन चौका हान्नुभयो । यस्तै लरेन स्टिनक्याम्पले ५९, मालान क्रुगरले १५ र जान निकोल लोफ्टी–इटनले अविजित १० रन बनाउनुभयो ।
बलिङमा नेपालका करण केसी एक्लैले पाँच विकेट लिनुभयो । उहाँले १० ओभरमा दुई मेडन राख्दै २९ रन खर्चिनुभयो । यससँगै करणले एकदिवसीयमा एक सय विकेटको आँकडा पूरा गर्नुभएको छ । यस्तै सोमपाल कामीले एक विकेट लिनुभयो ।

















