नेभिगेसन मेनु

मेस्सीको चार कीर्तिमानमा इजिप्टमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
सम्पादक:南亚网络电视
समय:2026-07-08 11:59

 

 amamama

काठमाडौँ, असार २४ गते । रोमाञ्चक र नाटकीय खेलको पहिलो हाफमै कप्तान लियोनल मेस्सीको पेनाल्टी विफल । विपक्षी इजिप्टको सुरुवाती दुई गोल । अर्जेन्टिनालाई खेलमा फर्कन असम्भव जस्तै थियो । 

तर साविक विजेता अर्जेन्टिना अविश्वसनीय जितलाई सम्भव बनाउँदै फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा मङ्गलबार राति भएको खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोलले हरायो । 

इजिप्टले १५औँ मिनेटमा यासेर इब्राहिमको गोलमा सुरुवाती अग्रता लिएको थियो । त्यसपछि मेस्सीले २१औँ मिनेटमा पाएको पेनाल्टी मिस गर्दा अर्जेन्टिना लामो समय निरास बन्यो । मेस्सीको पेनाल्टी प्रहारलाई इजिप्टका गोलरक्षकले विफल बनाउनुभएको थियो । 

दोस्रो हाफमा पनि इजिप्टले सुरुवाती गोल गर्दै अग्रता दोब्बर बनायो । ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल गर्दै इजिप्टको उत्साह बलियो बनाउनुभयो । 

त्यसपछि अर्जेन्टिनाले नाटकीय पुनरागमन गर्दै अन्तिम १३ मिनेटमा तीन गोल फर्काएको थियो । क्रिस्टियन रोमेरोले ७९औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको आशा जोगाउनुभयो ।

त्यसपछि कप्तान मेस्सीले डिबक्स बाहिर पाएको बलमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले काउन्टर प्रहारमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित बनाउनुभयो । 

अजेन्टिनाको सानदार पुनरागमन जितमा कप्तान मेस्सीले चारवटा विश्व कीर्तिमान आफ्नो नाममा लेखाउनुभयो । उहाँ एउटै विश्वकपको संस्करणमा दुई पेनाल्टी मिस गर्ने पहिलो खेलाडी बन्नुभएको छ ।

इजिप्टविरुद्ध गोल गरेसँगै मेस्सीले विश्वकपमा सर्वाधिक २१ गोल गर्ने खेलाडी, विश्वकपमा लगातार नौ खेलमा गोल गर्ने खेलाडी, एउटै संस्करणमा दुई पेनाल्टी मिस गर्ने खेलाडी र विश्वकपमा सर्वाधिक गोलसँगै धेरै असिस्ट गर्ने खेलाडीको कीर्तिमान रच्नुभएको छ ।

उहाँले विश्वकपमा गोलका लागि नौ वटा असिस्ट गर्नुभएको छ । मेस्सी जारी विश्वकपमा सर्वाधिक आठ गोल गर्दै गोल्डन बुट उपाधिको  दावेदारमा समेत हुनुहुन्छ । 

यस उपाधिको दौडमा सात सात गोल गर्नुभएका फ्रान्सका केलियन एम्बावे र नर्वेका एर्लिङ हालान्ड तथा ६ गोल गर्नुभएका इङ्ल्यान्डका कप्तान ह्यारी केन पनि हुनुहुन्छ । अब क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्वीट्जरल्यान्डसँग खेल्नेछ ।

बुधबार बिहान भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । निर्धाीरत र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेर सकिएको हो । एजेन्सी 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर