नेभिगेसन मेनु

मानाभरा गोल्डकपः लालीगुराँस र जनसेवा आदर्श सेमिफाइनलमा
सम्पादक:南亚网络电视
समय:2026-01-01 13:37

 

 Janasewa-Toli-Taplejung

ताप्लेजुङ, पुस १७ गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी आमन्त्रित प्रथम मानाभारा गोल्डकप पुरुष फुटलबल प्रतियोगितामा लालीगुराँस स्पोर्टिङ युवा क्लब र जनसेवा आदर्श स्पोर्टिङ क्लब सेमिफाइल प्रवेश गरेका छन्।

बुधबार भएको क्वार्टरफाइनल अर्थात् पहिलो चरणको खेलमा स्थानीय सिँवा स्पोर्टिङ क्लबलाई ४–० गोलले पराजित गर्दै लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुम्खिम विजयी भएको हो। लालीगुराँसका लागि हिटेन लिम्बूले एक र दीपेश बेघा लिम्बूले एक्लै तीन गोल गर्नुभएको थियो।

यस्तै बुधबार नै भएको खेलमा आमन्त्रित पाहुना टोली लिखुभुजी युथ क्लब रापेछापलाई २–१ गोलअन्तरले पराजित गर्दै जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघु विजयी भएको हो। जनसेवा आदर्शका लागि विशाल लिम्बू र सुरेन्द्र लिम्बूले एक–एक गोल गर्नुभएको थियो। लिखुभुजीका तर्फबाट पवन बुढाक्षेत्रीले सुरुवाती गोल गर्दै अग्रता लिएको भए पनि थप गोल गर्न नसकेपछि पराजित हुनुपर्‍यो।

लिखुभुजी युथ क्लबका कप्तान चिना लामाले खेलको मध्यान्तरअघि नै दुई पटक पहेलो कार्ड पाउँदै बाहिरिनुपरेपछि लिखुभुजी आठ खेलाडीमा सीमित हुनुपरेको थियो। यता मङ्गलबार भएको उद्घाटन खेलमा आयोजकलाई ५–३ गोलअन्तरले हराउँदै आठराई त्रिबेणी गाउँपालिकाको माछापोखरी हिटी क्लब चाँगे सेमिफाइनलमा पुगेको छ। 

अब क्वार्टरफाइनलको अन्तिम खेल बिहीबार नवप्रयास यथ क्लब हाङ्देवा र प्रगतिशील युवा क्लब मेरिङ्देनबिच हुने आयोजक मानाभरा स्पोर्टिङ क्लबका संरक्षक एवम् फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा (विकास) ले जानकारी दिनुभयो। यता प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख ५२ हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन्। आयोजक क्लबका अध्यक्ष तुलसी दाहालका अनुसार प्रतियोगिताको फाइनल शनिबार हुनेछ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर