नेभिगेसन मेनु

एनभिए कप : आर्मी र एपिएफको लगातार दोस्रो जित
सम्पादक:南亚网络电视
समय:2025-12-28 18:27

arrmy

काठमाडौँ, पुस १३ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले र नेपाल एपिएफ क्लबले नवौँ एनभिए कप महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–१६, २५–१२, २५–९ को सहज जित निकालेको हो । आर्मीले पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई हराएको थियो । 

यस्तै एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हरायो । एपिएफले खेल २५–६, २५–११, २५–१२ को सहज जित निकालको हो ।

यसअघि एपिएफले मधेश प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको थियो । जितसँगै आर्मी र एपिएफले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर