नेभिगेसन मेनु

दृष्टिविहीन महिला टी–२० विश्वकप : नेपालको विजयी सुरुवात
सम्पादक:南亚网络电视
समय:2025-11-13 12:02

 

 NP-CT

काठमाडौँ, कात्तिक २७  गते । नेपालले भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ ।

नेपालले बुधबार भएको आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई नौ विकेटले हरायो । जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले ५.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

नेपालका लागि ओपनर मनकेसी चौधरीले सर्वाधिक अविजित ६१ रन बनाउनुभयो । उहाँले २२ बलमा ११ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै विनीता पुनले १३ र सुस्मा तामाङले अविजित चार रन जोड्नुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८७ रन बनाएको थियो । श्रीलङ्काको लागि मिहिरानी दुलान्जलीले सर्वाधिक २३ रन बनाउनुभयो । यस्तै सान्दुनी सौमाया १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालकी कान्ती योगीले तीन विकेट लिनुभयो । विनीता पुन र लक्ष्मी लामाले एक एक विकेट झार्नुभयो । नेपालकी मनकेसी चौधरी प्लेयर अफ दि म्याच हुनुभयो । नेपालले दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ ।

विश्वकपमा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङल्यान्डले प्रतिस्पर्धा गरिरहेका छन् । दृष्टिविहीन महिला टी–२० विश्वकप पहिलो पटक आयोजना भएको हो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर