नेभिगेसन मेनु

दाङमा आजदेखि २९ औं राष्ट्रिय बाल साहित्य सम्मेलन हुँदै
सम्पादक:南亚网络电视
समय:2024-11-22 11:59

national-child-literature-conference-dang-1-22112024035713-1000x0

एस् ए टी भी ७ मङ्सिर,दाङ: घोराहीमा शुक्रबारदेखि २९ औं राष्ट्रिय बाल साहित्य सम्मेलन हुँदै छ । घोराहीस्थित गोर्खा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुलमा हुन थालेको सम्मेलन शनिबारसम्म सञ्चालन हुने नेपाल बाल साहित्य समाजले जानकारी दिएको छ । 

सम्मेलनमा सहभागी हुन राष्ट्रिय स्तरका ५० बढी साहित्यकारहरू बिहीबार बेलुका नै घोराही आइसकेको सम्मेलनका स्थानीय संयोजक तथा राप्ती साहित्य परिषद्का अध्यक्ष टिकाराम उदासीले बताए । साहित्यिक र्‍यालीसहित घोराही बजार परिक्रमा गरी गोर्खा स्कुलमा पुगेर औपचारिक कार्यक्रम गर्ने तयारी भएको उनले जानकारी दिए ।

सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुति, विचार विमर्श, पुस्तक प्रदर्शनी, पुरस्कार वितरण, सम्मान र कला प्रस्तुति गरिने बाल साहित्य समाजका महासचिव तथा सम्मेलनका केन्द्रीय संयोजक विजयराज आचार्यले बताए । यसैगरी बालबालिकालाई साहित्य लेखन, अभिनय, चित्रकला, नृत्यकला, कथावाचन लगाएतका विषयमा प्रशिक्षण दिइने उनले बताए ।

सम्मेलनमा ४ सय ५० बालबालिकालाई सहभागी गराई विभिन्न विधामा प्रशिक्षण दिएर कला र साहित्यको सीप विकास गराइने स्थानीय आयोजक समितिका सदस्य सचिव सूर्य बीसीले बताए । साथै बालप्रतिभाको प्रदर्शनका साथै कथा, कविता र हस्तलेखन प्रतियोगिता समेत गरिने उनले बताए ।

नेपालमा बालसाहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले २०४४ सालमा पहिलो पटक काठमाडौंमा बाल साहित्यका लेखक, प्रकाशक र चित्रकारहरुको सम्मेलन भएको थियो । उक्त सम्मेलनले बाल साहित्य समाज स्थापना गरेको थियो । समाजले प्रत्येक वर्ष सम्मेलन गर्दै आएको छ । गतवर्ष प्युठानमा २८ औं सम्मेलन सम्पन्न भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर