नेभिगेसन मेनु

हङकङ सिक्सेस: नेपालसँग इंग्ल्यान्ड ६ विकेटले पराजित
सम्पादक:南亚网络电视
समय:2024-11-01 11:41

fe415900-4c6e-4e76-90bf-4f0b8f60861301112024090734.jpg

काठमाडौँ– हङकङ सिक्सेस क्रिकेटमा नेपालले तीन पटकको विजेता इंग्ल्यान्डमाथि ऐतिहासिक जित हासिल गरेको छ। 

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले ६ विकेटको जित हासिल गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले ३ विकेट गुमाउँदै ९७ रन बनाएको थियो। 

इंग्ल्यान्डका रवि बोपाराले १२ बलमा ४९ रन बनाए। उनले १ चौका र ७ छक्का प्रहार गरे। समित पटेलले १७ बलमा ३९ रन बनाए। नेपालका विवेक यादव र प्रतिश जीसीले २/२ विकेट हात पारे। नारायण जोशी र लोकेश बमको नाममा १/१ विकेट रह्यो। 

जवाफी ब्याटिङमा उत्रिएको नेपालले कुनै पनि विकेट नगुमाई ४.२ ओभरमा लक्ष्य पूरा गर्‍यो। नेपालका सन्दीप जोराले अविजित ५० रन बनाए। उनी १२ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै अविजित रहे। 

नियमअनुसार ५० रनमा कप्तान सन्दीप रिटार्यट आउट भएका थिए। त्यसपछि क्रिजमा आएका राशिद खान ५ बलमा २ चौका र २ छक्काको सहयोगमा २१ रनमा अविजित रहे।

यस्तै, लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २० रनको योगदान दिए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर