नेभिगेसन मेनु

म्यानमारमा बाढी : दुई सयभन्दा बढीको मृत्यु, पाँच लाख प्रभावित
सम्पादक:南亚网络电视
समय:2024-09-18 12:13

myanmar-badhi_Oe9GkiCe0G_Okg47JGMTp

एस् ए टी भी ०२ असोज, काठ्माण्डौंः चक्रवात ‘यागी’का कारण आएको बाढीमा परी म्यानमारमा जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ ।  बाढीमा परी दुई सयभन्दा बढी मानिसको मृत्यु भएको देशको सैनिक सरकारले जनाएको बीबीसी समाचारमा उल्लेख छ ।

८० भन्दा बढी मानिस अझै बेपत्ता छन् । ‘यागी’ यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी पनि हो ।

आधिकारिक तथ्याङ्क अनुसार भियतनाम, लाओस, थाइल्याण्ड र म्यानमारमा सेप्टेम्बरको सुरुदेखि यसले ५०० भन्दा बढीको ज्यान लिइसकेको छ।

यागीका कारण म्यानमारमा बाढी, पहिरो आएको छ । धेरै गाउँ डुबानमा परेका छन् ।

यसका साथै म्यानमारमा धेरै एकडमा लगाएको बाली पनि नष्ट भएको छ । यहाँका पाँच लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने पनि राष्ट्रसंघले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघले चक्रवात ‘यागी’ ले राजधानी नेपिडावसहित म्यानमारका थप नौ राज्यमा विनाश गरेको जनाएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर