
काठमाडौँ, असार २१ गते । कार्यक्रममा वरिष्ठ साहित्यकार आहुतिले ‘जिर्मा’ लाई पहिचानको मुद्दासँग जोड्दै भन्नुभयो, “पहिचान भनेको भाषा, संस्कृति र सभ्यताको समष्टि रूप हो । जबसम्म हामीले आफ्नो भाषा, संस्कृति र सभ्यता बचाउन सक्दैनौँ, तबसम्म हाम्रो पहिचान रहन सक्दैन ।” ‘जिर्मा’ ले यही अस्तित्वको लडाइँलाई कवितामार्फत मुखरित गरेको उहाँको भनाइ थियो । अर्का टिप्पणीकार प्राध्यापक डा. जगदीशचन्द्र भण्डारीले ‘जिर्मा’ कविताभित्रको बहुआयामिकतामाथि प्रकाश पार्नुभयो । कृतिका लेखक सुनुवारले आफ्ना केही प्रतिनिधि कविता वाचन गर्नुभयो ।










