नेभिगेसन मेनु

ओस्कार अवार्डका लागि आवेदन दिन आह्वान
सम्पादक:南亚网络电视
समय:2026-08-21 13:37

 

 Untitled-1-Recovered (3)

काठमाडौँ भदौ ५ गते । ओस्कार अवार्डमा ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र’ विधामा प्रतिस्पर्धा गर्न नेपाली चलचित्रलाई आवेदन दिन आह्वान गरिएको छ । 

नेपाल इन्टरनेसनल फिचर चलचित्र छनोट समिति–२०२६ ले ९९ औँ एकेडेमी अवार्ड (ओस्कार) का लागि मापदण्ड पूरा गरेका नेपाली चलचित्रलाई भदौ २२ गतेभित्र आवेदन दिन आह्वान गरेको हो । ओस्कारको प्रतिस्पर्धाका लागि चलचित्रले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिबाट प्रमाणीकरण पाएको हुनुपर्ने छ । यसै गरी २०८२ असोज १५ देखि २०८३ असोज १४ गतेसम्म नेपालका व्यावसायिक सिनेमाघरमा प्रदर्शन भएको र लगातार कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने नियम रहेको छ । 

टेलिभिजन, भिओडी, डिभिडी, इन्टरनेट स्ट्रिमिङ वा एयरलाइन इन्टरटेनमेन्टमार्फत पहिलो पटक रिलिज भएका चलचित्र छनोटका लागि योग्य हुने छैनन् । चलचित्रका निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एक जना नेपाली नागरिक हुनुपर्ने छ । यसै गरी चलचित्रमा नेपाली परिवेश र तìव झल्किएको तथा ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा हुनुपर्ने छ । चलचित्रमा स्पष्ट बुझिने अङ्ग्रेजी ‘सबटाइटल’ पनि अनिवार्य गरिएको छ । ९९ औँ ओस्कार अवार्ड २०८३ फागुन ३० गते आयोजना हुने छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर