
काठमाडौँ, भदौ ८ गते । ललितपुरकी तिशा शाक्यले १९ औँ मिस नेवाः नेपालको उपाधि जित्नुभएको छ । ‘फाइट फर लाइफ नेपाल’ र ‘नेप्लिज फेसन होम’ को आयोजनामा शनिबार सम्पन्न नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ मा १६ प्रतिस्पर्धीलाई तिशाले पछाडि पार्नुभएको हो । उहाँले मिस नेवाः नेपालको उपाधिसँगै एक लाख रुपियाँ प्राप्त गर्नुभयो । विजेता तिशाले गोदावरी नगरपालिका बेस्ट नेपालभाषाको उपाधिसमेत जित्नुभयो ।
सारिका महर्जन ‘फस्ट रनर्सअप’ तथा जेसिका श्रेष्ठ ‘सेकेन्ड रनर्सअप’ घोषित हुनुभयो । ‘फस्ट र सेकेन्ड रनरअप’ ले क्रमशः ५० हजार र २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा सबनम शाक्य मिस ट्यालेन्ट घोषित हुनुभयो । यस विधामा हिमानी प्रधान ‘फस्ट रनर्सअप’ र करुणा चक्रधर ‘सेकेन्ड रनर्सअप’ बन्नुभयो । शिक्षा महर्जनले मिस कल्चरको उपाधि हासिल गर्नुभयो । निश्ला महर्जन ‘मिस पर्सनालिटी’ घोषित हुनुभयो । यसै गरी कलशा अवालेले ‘बेस्ट हेयर’ को उपाधि, दृष्टि महर्जनले ‘बेस्ट स्किन’, सारिका महर्जनले ‘मिस फोटोजेनिक’, अनुष्का नकर्मीले ‘मिस स्माइल’ तथा सोनिया महर्जनले ‘मिस चार्मिङ’ तथा रेजिना वज्राचार्यले ‘मिस फ्रेन्डसिप’ को उपाधि जित्नुभयो ।
करुणा र शिक्षा ‘सोसियल वेलफेयर एम्बेसडर चिफ’ पनि चुनिनुभयो । सोही विधामा सारिका महर्जन ‘फस्ट रनर्सअप’ र दृष्टि महर्जन ‘सेकेन्ड रनर्सअप’ बन्नुभयो । यसै गरी दुर्गा देउलाले ‘मिस डिसिप्लिन’, हिमानी प्रधानले ‘मिस पब्लिक च्वाइस’ र प्रिस्टिन अवालेले ‘बेस्ट ड्रेस’ को उपाधि हासिल गर्नुभयो ।
















