नेभिगेसन मेनु

विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन
सम्पादक:南亚网络电视
समय:2024-08-21 15:15

1724200401_maria-1200x560

विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको निधन भएको छ। ११७ वर्षको उमेरमा उनको निधन भएको परिवारिक स्रोतले मङ्गलवार जनाएको छ।

गिनीज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८  वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो।

क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आएकी ब्रान्यासले सोमवार एक पोस्टमा आफू कमजोर महसुस गरिरहेको बताएकी थिइन्।

अमेरिकास्थित जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार ब्रान्यासको मृत्युपछि विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति जापानकी टोमिको इटुका छिन्। सन् १९०८ मे २३ मा जन्मिएकी टोमिको हाल ११६ वर्षको छिन्।

सन् १९१८  को फ्लू,  प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र स्पेनको गृहयुद्धबाट गुज्रिएकी ब्रान्यासलाई सन् २०२० मा  ११३ औँ जन्मदिनको केही हप्तापछि कोभिड–१९ भएको थियो। तर उनी पूर्ण रूपमा निको भएकी थिइन्। रासस

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर