नेभिगेसन मेनु

अस्ट्रेलियामा अबदेखि कार्यालय समय पछि फोन र म्यासेजको जवाफ दिन नपर्ने
सम्पादक:南亚网络电视
समय:2024-08-26 15:40

1724657380_australia-1200x560

अस्ट्रेलिया सरकारले ‘राइट टू डिस्कनेक्ट’ को नयाँ नियम लागु गरेको छ।

नयाँ कानून अनुसार अबदेखि कर्मचारीहरूलाई कार्यालय समय पछि फोन उठाउन र म्यासेजको जवाफ फर्काउन नपर्ने भएको छ।

कार्यालय समय पछि पनि कार्यालयबाट वा कामसँग सम्बन्धित फोन वा म्यासेज आएमा त्यसको उत्तर दिनुपर्ने बाध्यता पनि अब हटेको छ।

गत वर्ष प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाका नागरिक बिना कुनै भुक्तानी वर्षभरी औसतमा २८० घन्टा अतिरिक्त काम गर्ने गरेको पाइएको थियो।

विश्वका २० भन्दा बढी मुलुकमा यसअघि नै यो नियम लागु रहेको छ। विशेषगी ल्याटिन अमेरिका र युरोपीय मुलुकमा यो नियम लागु रहेको बीबीसीले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर