नेभिगेसन मेनु

किमद्वारा विदेशी मोर्चाका सैनिकको प्रशंसा
सम्पादक:南亚网络电视
समय:2026-09-10 16:59

 

 kim

काठमाडौँ, भदौ २५ गते । उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका अवसरमा विदेशमा सैन्य कारबाहीमा सहभागी आफ्ना सैनिकको प्रशंसा गर्दै रुस-युक्रेन युद्धमा प्योङयाङको सैन्य सहयोगप्रति समर्थन जनाउनुभएको छ ।

बुधबार आयोजित कार्यक्रममा उहाँले विदेशमा तैनाथ सैनिकका कमान्डर र जवानप्रति विशेष कृतज्ञता तथा गहिरो सम्मान व्यक्त गर्नुभएको उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । “विदेशी सैन्य कारबाहीमा भाग लिने हाम्रा सेनाका कमान्डर र सैनिकप्रति विशेष कृतज्ञता र गहिरो सम्मान प्रकट गर्दछु”, उहाँले भन्नुभयो ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेपछि उत्तर कोरिया मस्कोको प्रमुख सहयोगी बनेको विश्लेषकले बताएका छन् । आर्थिक लाभ र सैन्य प्रविधिको बदलामा प्योङयाङले रुसको युद्ध प्रयासमा सहयोग पुर्याउँदै आफ्ना सैनिकसमेत पठाएको बताइएको छ । दक्षिण कोरियाका अनुसार रुस-युक्रेन युद्धमा उत्तर कोरियाका करिब दुई हजार सैनिक मारिएका छन् । 

युक्रेनले गत अगस्टमा रुसले उत्तर कोरियाली ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गर्दै त्यसबाट कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएको थियो । युक्रेनले रुसमा करिब ५० हजार उत्तर कोरियाली सैनिक तैनाथ गरिने दाबी गरे पनि त्यसको प्रमाण वा निश्चित समयसीमा सार्वजनिक गरेको छैन ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दक्षिण कोरियालाई रुसी क्षेप्यास्त्रबाट सुरक्षाका लागि हवाई रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । दक्षिण कोरियाले उक्त अनुरोधमा हालसम्म प्रतिक्रिया दिएको छैन । रासस/एएफपी 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर