नेभिगेसन मेनु

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको जहाज अमेरिकी कब्जामा
सम्पादक:南亚网络电视
समय:2024-09-03 12:11

bhenejuela president

भाद्र १८, २०८१ ,काठमाडौँ — भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको जहाज अमेरिकाले कब्जामा लिएको छ । १३ मिलियन अमेरिकी डलर अवैध रूपमा लगेको भन्दै अमेरिकाले मदुरोको जहाज कब्जामा लिएको हो । 

अमेरिकी न्याय मन्त्रालयका अनुसार फाल्कन ९००-ईएक्स जहाज डोमिनिकन गणतन्त्रमा अमेरिकाले कब्जामा लिएको हो । उक्त जहाजलाई अहिले अमेरिकी राज्य फ्लोरिडा पठाइएको पनि बीबीसीको समाचारमा उल्लेख छ । उक्त जहाज कसरी र कहिले डोमिनिकन गणतन्त्र पुग्यो भन्ने स्पष्ट भने भएको छैन ।

ट्य्राकिङ डेटाबाट उक्त जहाज सोमबार राजधानी स्यान्टो डोमिंगोबाट इसाबेला विमानस्थलतर्फ उडेको पत्ता लागेको छ । भेनेजुएलाले भने अमेरिकी कारबाहीको निन्दा गर्दै 'चोरी' को संज्ञा दिएको छ । भेनेजुएला विदेशमन्त्री यवन गिलले अमेरिकाले 'विश्वभर एकतर्फी र अवैध रूपमा थोपरेका स्वेच्छाचारी उपायलाई सही ठहर्‍याएको बताएका छन् ।

अमेरिकी अधिकारीहरूले भने अमेरिकी निर्यात नियन्त्रण प्रतिबन्ध कानुनको उल्लंघन गरेको आरोपमा जहाजलाई कब्जामा लिएर अनुसन्धान गरिरहेको जनाएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर