नेभिगेसन मेनु

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी रद्द
सम्पादक:南亚网络电视
समय:2024-08-22 16:29

sheikh-hasina_dwR3X9P6rG

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी (रातो पासपोर्ट) रद्द भएको छ । बंगलादेशको अन्तरिम सरकारले हसिनासहित उनको कार्यकालका सबै सांसदको कूटनीतिक राहदानी रद्द गरिदिएको हो ।

कूटनीतिक राहदानी वाहकलाई विभिन्न मुलुकमा प्रवेशाज्ञाविना यात्रा अनुमति प्राप्त हुन्छ । हसिना हाल भारतमा स्वनिर्वासित जीवन बिताइरहेकी छन् । उनीविरुद्ध बंगलादेशमा कयौँ आपराधिक मुद्दाका उजुरी दर्ता भएका छन् । ती उजुरी न्यायिक सुनुवाइको प्रक्रियामा अघि बढ्दै गर्दा बंगलादेशले हसिनालाई फिर्ता पठाउन भारतलाई दबाब दिनसक्ने अनुमान गरिएको छ ।

बंगलादेश र भारतबिच प्रत्यर्पण सन्धिमा हस्ताक्षर भएकाले बंगलादेश सरकारले औपचारिक रूपमा हसिनालाई फर्काउन माग गरेमा भारत ठुलो दबाबमा पर्ने देखिन्छ ।

बंगलादेशको मुख्य विपक्षी दल ‘बीएनपी’ले हसिनालाई प्रत्यर्पण गर्न भारतसँग माग गरेको छ । यिनै परिस्थितिलाई ध्यानमा राख्दै बंगलादेशको अन्तरिम सरकारले उनीसहित उनको कार्यकालमा संसदमा प्रतिनिधित्व गरेका कयौँ नेताको कूटनीतिक राहदानी रद्द गर्ने निर्णय गरेको जानकार बताउँछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर