नेभिगेसन मेनु

केराप्रेमी ११६ वर्षीया इटोका विश्वकै ज्येष्ठ
सम्पादक:南亚网络电视
समय:2024-08-23 12:52

profimedia-0900615178

स्पेनकी ११७ वर्षीया मारिया ब्रान्यास मोरेराको मृत्युपछि जापानकी टोमिको इटोका विश्वकै वृद्ध उमेरकी बनेकी छन्। ११६ वर्षीया उनी विश्वकै ज्येष्ठ रहेको गिनिज वल्र्ड रेकर्डसले जनाएको छ।

विश्वका ११० भन्दा बढी उमेरका व्यक्तिको रेकर्ड र सूची बनाउने संस्था जेरेन्टोलोजी रिसर्च ग्रुपका अनुसार उनको जन्म सन् १९०८ मे २३ मा भएको हो । समाचार संस्था एपीका अनुसार उनी इटोका असिया सहरको एक नर्सिङ होममा बस्दै आएकी छन् । सो नर्सिङ होमले पनि उनको उमेरको पुष्टि गरेको हो।

गत मंगलबार स्पेनकी मोरेराको ११७ वर्षमा मृत्यु भएको घोषणा भएसँगै विश्वको सबैभन्दा वृद्ध व्यक्तिको उपाधि इटोकाले पाएको गिनिज वल्र्ड रेकर्डले बिहीबार पुुष्टि गरेको हो। विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बनेको समाचार इटोकालाई सुनाएपछि उनले ‘धन्यवाद’ भनेकी छन्।

उनी यही शब्द आफ्नो हेरचाह गर्नेहरूलाई अक्सर प्रयोग गर्ने गर्छिन्। इटोकाले तीन महिनाअघि मात्र जन्मदिन मनाएकी थिइन्। असिया सहरका मेयरले उनलाई फूल, केक र कार्ड उपहार दिएका थिए। हरेक बिहान उनी दहीको स्वाद भएको क्याल्पिस नामको सफ्ट ड्रिंक पिउने गर्छिन् भने उनको सबैभन्दा मन पर्ने खाना केरा हो।

जापानको ओसाकामा जन्मेकी उनी हाई स्कुलमा भलिबल खेलाडी थिइन् । उनले २० वर्षको उमेरमा विवाह गरेकी हुन्। उनका दुई छोरी र दुई छोरा छन्। दोस्रो विश्वयुद्धताका इटोकाले आफ्ना पतिको कपडा कारखानाको व्यवस्थापन गरेकी थिइन्।

सन् १९७९ मा पतिको मृत्यु भएपछि नारा सहरमा उनी एक्लै बस्दै आएकी थिइन्। त्यसको केही वर्षपछि उनी नर्सिङ होममा भर्ना भएकी थिइन्। उनले जापानको ३ हजार ६७ मिटर अग्लो माउन्ट ओन्टेक दुई पटक आरोहण गरेकी छन्। १०० वर्षको उमेर कटेपछि पनि केही वर्षसम्म उनले लामो पैदल यात्राको आनन्द लिने गरेकी थिइन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर