नेभिगेसन मेनु

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार
सम्पादक:南亚网络电视
समय:2026-09-04 12:09

 

 795431392_1059704126917582_3036922929858563887_n

काठमाडौँ, भदौ १९ गते । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको जीवित उद्धार गरिएको छ ।

सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको हो । 

यसैगरी, त्रिशूली–३ ‘ए’ सुरुङ भर्खरै अर्को एक जना कबीर महर्जनलाई पनि उद्धार गरिएको खबर प्राप्त भएको सशस्त्र प्रहरीेले जनाएको छ । सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ ।काठमाडौँको बालकुमारी-३ घर भएका ४५ वर्षीय महर्जन जलविद्युत स्वचालन परियोजनामा काम गरिरहनुभएको थियो । 

सुरुङभित्र अरू व्यक्ति पनि रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि प्रयास गरिरहेको छ । उद्धार गरिएका साहलाई आवश्यक उपचार तथा सुरक्षित स्थानान्तरणका लागि तयारी गरिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर