नेभिगेसन मेनु

पाकिस्तानमा बन्दुकधारीद्वारा २२ जनाको हत्या
सम्पादक:南亚网络电视
समय:2024-08-26 16:27

thumb (10)

पाकिस्तान — दक्षिण-पश्चिम पाकिस्तानमा बन्दुकधारीहरूले सवारी साधनबाट जबर्जस्ती बाहिर निकालेर कम्तिमा २२ जनाको हत्या गरेका छन् ।

बलुचिस्तान प्रान्तको एक राजमार्गमा रातभर आक्रमण भएको थियो । साम्प्रदायिक, जातीय र पृथकतावादी आन्दोलन गरिरहेका हतियारधारीहरूले सवारीसाधनमा आगजनी गरेका थिए । पञ्जावबाट आएकाहरूलाई गोली हानिएको थियो ।

बलुच लिबरेशन आर्मी (बीएलए) नामको आतंकवादी समूहले मुसाखेल जिल्लामा भएको आक्रमणको जिम्मेवारी लिएको बीबीसीले उल्लेख गरेको छ ।

'आतंककारीहरूको संख्या ३० देखि ४० को बीचमा थियो। उनीहरूले २२ वटा गाडी रोके,' एक वरिष्ठ स्थानीय अधिकारी नजिबुल्लाह काकरले एएफपीलाई भनेका छन्,'पञ्जाव जाने सवारी साधनहरूको निरीक्षण गरे र पञ्जावका व्यक्तिहरूलाई पहिचान गरी गोली हाने ।'

प्रधानमन्त्री सेहबाज सरिफले विज्ञप्ति जारी गर्दै 'आतंकवादी हमलाप्रति गहिरो शोक र निन्दा' गरेका छन् ।बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो तर यो सबैभन्दा कम विकसित छ।

बीएलए र अन्य बलुच पृथकतावादीहरूले यस क्षेत्रमा काम गर्ने पञ्जाव र सिन्द्धिहरूमाथि आक्रमणहरू तीव्र बनाएका छन्। उनीहरूले नाफा बाँडफाँड नगरी यस क्षेत्रको शोषण गरेको आरोप लगाउँदै विदेशी ऊर्जा कम्पनीहरूलाई पनि निशाना बनाएका छन्।

गत अप्रिलमा बलुचिस्तानमै नौ जना यात्रुहरूलाई बसबाट उताररे परिचय पत्र जाँच गरेपछि गोली हानी मारिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर